पोखरामा ‘आर्थिक सुशासनका लागि नेतृत्व’ प्रशिक्षण

आदर्श समाज सम्वाददाता
मंसिर ६, २०७८
Leadership Photo

पोखरा । लुम्बिनी प्रदेशको ३ वटा नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासनिक अधिकृत र अन्य अधिकारीहरुका लागि ‘आर्थिक सुशासनका लागि नेतृत्व’ विषयक प्रशिक्षण पोखरामा भएको छ ।

दायित्वद्वारा नगरपालिका तहका वरिष्ठ प्रतिनिधि तथा अधिकृतहरूको नीतिगत नेतृत्व क्षमतालाई सुदृढीकरण गर्ने उद्देश्यका साथ पोखरामा प्रशिक्षण भएको हो । आइतबारदेखि सुरु भएको प्रशिक्षण सोमबार सकिनेछ । प्रशिक्षणमा लुम्बिनी प्रदेशको तिलोत्तमा, मुसिकोट र सुनवल नगरपालिकाका ४० जना स्थानीय जनप्रतिनिधि र अधिकारीहरुको सहभागिता रहेको छ । स्थानीय जनप्रतिनिधि र अधिकारीहरुलाई प्रशिक्षणमार्फत आर्थिक सुशासन, अर्थ राजनीति दृष्टिकोण र विश्लेषण, समावेशी नगर सुशासन, अनुकूलनीय नेतृत्वको विकास हुने दायित्वका अध्यक्ष तथा कार्यक्रम संयोजक डा. पुकार मल्ल बताए । नेतृत्वकर्ताको परिचय, नवप्रवर्तनको नेतृत्व, आत्मप्रेरणा र समानुभूति, सेवा मानसिकता आदिबारे अन्तरदृष्टिहरु प्रदान गरी यी मुद्दाहरुप्रति सचेत तथा संवेदनशील बनाउने उनको आशा छ ।

प्रशिक्षण गत भदौ महिनाबाट तिलोत्तमा, मुसिकोट र सुनवल नगरपालिकामा सञ्चालित आर्थिक सुशासनका लागि नेतृत्व परियोजना अन्तर्गत भएको हो । पालिका तहका सरकारको नीतिगत नेतृत्वलाई सुदृढीकरण गर्दै घरेलु युवाको रोजगारमा सुधारमार्फत नेपालको समावेशी आर्थिक वृद्धिलाई थप गति प्रदान गर्ने परियोजनाको लक्ष्य रहेको डा. मल्लले बताए ।

प्रशिक्षणका क्रममा गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लले राष्ट्रलाई समुन्नतिको बाटोमा अघि बढाउन स्थानीय तहलाई बलियो बनाउनुपर्ने भन्दै आर्थिक सुशासन आवश्यक रहेको बताए । गण्डकी प्रदेशमा पनि धरै सुधार ल्याउनु पर्ने भएकोले आर्थिक सुशासनको लागि नेतृत्व कार्यक्रम गण्डकीमा पनि आवश्यक रहेकोमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width