नेपाल श्री को अध्यक्षमा अरुणोस्तम

आदर्श समाज सम्वाददाता
मंसिर ६, २०७८
nepal shree

पोखरा । नेपाल श्री पुरस्कार कोषको आइतबार भएको साधारण सभा तथा दोस्रो अधिवेशनले अरुणोस्तम त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा डा. बाबुराम अधिकारी, महासचिवमा छन्दमणि त्रिपाठी, सचिवमा दुर्गादेवी पौडेल र कोषाध्यक्षमा नारायणीदेवी बराल त्रिपाठी रहेका छन् ।
सदस्यहरु कृष्णप्रसाद बास्तोला, डा. जगन्नाथ रेग्मी, शिव त्रिपाठी, त्रिपुरेश्वरराज त्रिपाठी र चिदानन्द त्रिपाठी छन् ।

१३ सदस्यीय समितिमा २ सदस्य पछि थप गरिने जनाइएको छ । सभामा कोषका संरक्षक जनार्दनशरण त्रिपाठीले कोषको उद्देश्यबारे प्रकाश पारेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width