Worldlink ads

जलारी समुदायलाई जीविकोपार्जनकै धौ

श्रीभद्र पौडेल
मंसिर ६, २०७८
jalari samudaya fewa tal progrem photo

हेमजा । पोखरा खपौदीकी ५२ वर्षे पार्वती जलारीलाई व्यवसाय जोखिममा पर्दै गएपछि अबका दिनमा कसरी जीविकोपार्जन गर्ने हो ? भन्ने चिन्ताले आजकल सताउने गर्दछ । फेवालातमा पर्याप्त माछा पनि छैनन्, जाल पनि चोरी हुन्छ र माछा मार्ने क्रममा व्यक्तिगत सुरक्षा चुनौती पनि थपिदै गएको उनीले आजकल महसुस पनि गर्छिन् ।

कहिलेकाहीं गुण्डागर्दी शैलीमा अपरिचित व्यक्तिहरु आई धम्की पनि दिन्छन् । तालमा माछा मार्न पाइँदैन भन्छन् । कतिपय अवस्थामा धरपकटसमेत गर्दछन् । अब यो पेसा गरेर बाँच्न सकिएलाजस्तो छैन, आइतबार फेवा किनार हल्लनचोकमा भएको कार्यक्रममा उनले आफ्नो पेसाबारे दुखेसो पोख्दै थिइन् ।

पार्वतीको नजिकै रहेका ६० वर्षे देउबहादुर जलारीले उनको कुरा सुन्दै सहमति जनाएर टाउको हल्लाए । पुखौंदेखिको पेसा अब संकटमा पर्लाजस्तो लाग्दै छ । यदि बचाउने हो भने तालसँगै माछाको बासस्थान जोगाउनुपर्ने र ड्यामसाइडमा जालीको प्रबन्ध हुनुपर्ने उनको भनाइ छ ।

कतिपयले अनुमति बेगर नै तालमा माछा मार्छन्, हामी अनुमतिपत्र लिँदासमेत असुरक्षित छौं । यस्तो अवस्थामा यही व्यवसाय गरेर जीवन धान्न अब निकै सकस छ, उनले भने ।
पार्वती र देउबहादुर त प्रतिनिधि पात्रमात्रै हुन् । उनीहरुजस्तै अन्य जलारीले पनि कार्यक्रममा पेसा संकटमा परेको गुनासो पोखिरहे ।

पोखराका १ सय घरपरिवार जलारीले फेवातालमा माछा मार्न शुल्क तिरी मत्स्य अनुसन्धान केन्द्र बेगनासबाट अनुमति लिने गरेका छन्

विश्व मत्स्य दिवसको अवसर पारी मत्स्य अनुसन्धान केन्द्र बेगनासले फेवा किनार हल्लनचोकमा आइतबार पोखराका जलारी समुदायको जीविकोपार्जनलाई लक्षित गरी तालमा स्वदेशी जातका माछाका भुरा छाड्ने कार्यक्रम राख्यो । खपौदीदेखि हल्लनचोकसम्म माछा संरक्षण सचेतना ¥याली पनि निकालियो । सोही कार्यक्रममा जलारीहरु सहभागी भएर दुखसुखका कुरा पनि गरे ।

तालमा सहर, गर्दी, रहु र नैनी जातका कुल १२ हजार भुरा छाडियो । कार्यक्रममा खपौदीस्थित हर्पन फेवा मत्स्य सहकारी संस्था साथै माछापुच्छे« जलारी महिला समूहले व्यवस्थापन सहयोग गरे ।

पशुपन्छी तथा मत्स्य निर्देशनालय पोखराका प्रमुख डा.मनबहादुर पुनले जलारी समुदायको रोजीरोटीका लागि स्थानीय जातका माछा संरक्षण गर्नुपर्नेमा जोड दिए । जलवायु परिवर्तनका कारण उन्नत जातका माछामा समस्या हुने गरेको अनुभव राख्दै प्रमुख डा. पुनले माछालगायत अन्य कृषि उत्पादनका स्थानीय जात संरक्षणका लागि प्रदेश सरकारसँग पहल भइरहेको पनि सुनाए ।

कृषि अनुसन्धान निर्देशनालय लुम्लेका निर्देशक डा.कालिकाप्रसाद उपाध्यायले विपन्न समुदाय (जलारी) लक्षित कार्यक्रम गरेकोमा मत्स्य अनुसन्धान केन्द्रप्रति आभार प्रकट गरे । उनले कार्यक्रमसँगै फेवामा माछाको संरक्षण संवद्र्घन हुने विश्वास जनाउँदै लोपोन्मुख बुधुना, भोटीलगायत माछाको पनि संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याए ।

मत्स्य अनुसन्धान केन्द्र बेगनास प्रमुख डा.मोहमद ईकवाल हुसेनले पोखराका जलारी समुदायलाई संरक्षण गर्ने हो भने सर्वप्रथम तालमा माछाको बासस्थान जोगाउनुपर्नेमा जोड दिए । उनले उक्त समुदायले ताल संरक्षणमा भूमिका खेलेको औंल्याउँदै फेवातालमा २४ प्रकारका माछा पाइएको जानकारी पनि दिए । पोखरेलीको इज्जतका लागि भए पनि ताल जोगाउनुपर्ने उनको ठहर छ ।

त्यस अवसरमा विदेशी नागरिक डा.रिचर्ड, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पोखराका वरिष्ठ पशु विकास अधिकृत सहदेव पौडेल, मत्स्य अनुसन्धान केन्द्र बेगनासका लेखापाल ओमनारायण शर्मा, प्राविधिक अधिकृत सुनीता चन्द, माछापुच्छे« जलारी महिला समूहकी अध्यक्ष सेतीमाया जलारी, हर्पन फेवा मत्स्य सहकारीका अध्यक्ष इन्द्रबहादुर जलारी लगायतले बोलेका थिए । उनीहरुले फेवाताल पुरिंदै गएकोप्रति चिन्ता प्रकट गरे ।

पोखराका कुल १ सय घरपरिवार जलारी समुदायको बसोबास छ । उनीहरुलाई फेवातालमा माछा मार्न अनुमति पनि छ । जसबापत जाल संख्याका आधारमा सो समुदायले आवश्यक शुल्क तिरी मत्स्य अनुसन्धान केन्द्र बेगनासबाट माछा मार्ने अनुमति लिने गरेका छन् ।
माछा मारेबापत प्रतिकिलो ५ का दरले पोखरा महानगरपालिकालाई पनि रकम बुझाउँदै आएको जलारीहरुले बताएका छन् ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग