Worldlink ads

निबन्ध प्रतियोगितामा शीतलादेवीकी करिना प्रथम

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७८
pokhara pragya

पोखरा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्म जयन्तीका अवसरमा पोखरा प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित पोखरा महानगरपालिकाका विद्यालयबीचमा बीचमा भएको निबन्ध प्रतियोगितामा शीतलादेवी सामुदायिक माविकी करिना पौडेल प्रथम भएकी छन् ।

सिर्जना माविकी विजया पौडेलले द्वितीय, न्यु मोडेल माविकी तुलसी खत्रीले तृतीय, बेसलाइन ऐकेडेमीकी आस्था खत्री र बालमन्दिर माविका सतीश रेग्मीले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा पोखरा महानगरपालिकाका ३५ विद्यालयका ६६ विद्यार्थीले भाग लिएका थिए । पुरस्कृत विधार्थीहरुलाई पोखरा प्रज्ञा प्रतिष्ठानको अर्को एक विशेष कार्यक्रममा पुरस्कृत गरिने छ ।

प्रथम हुनेले २० हजार, द्वित्तीय, तृतीय र सान्त्वना हुनेले क्रमश १५, १० र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । नेपालको प्राकृतिक सौन्दर्य, महाकवि देवकोटाको साहित्यिक योगदान तथा हाम्रा चाडपर्वहरु र संस्कृति विषयमा विधार्थीहरुले कार्यक्रमस्थलमा नै निबन्ध लेखेका थिए ।

उक्त अवसरमा नेपाली साहित्यमा महाकवि देवकोटाको योगदानका विषयमा परिचर्चा समेत गरिएको थियो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डा. कृष्णराज अधिकारीले महाकवि देवकोटाका कविताका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि डा. लक्ष्मीशरण अधिकारीले टिप्पणि गरेका थिए भने प्राडा रविलाल अधिकारीले महाकवि देवकोटाको समग्र साहित्यिक योगदान बारेमा चर्चा गरेका थिए ।

प्रतिष्ठानका कुलपति पद्मराज ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रम सञ्चालन प्राज्ञ सभा सदस्य प्रकाश ज्ञवलीले र प्राज्ञ सदस्य सरस्वती श्रेष्ठ सरुले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • ‘आकाशगंगाको किनार’ लोकार्पण

      आदर्श समाज सम्वाददाता मंसिर १३, २०७८
      पोखरा । कवि एवं लेखक अजित उत्सवको कविता संग्रह ‘आकाश गंगाको किनार’ पोखरामा लोकार्पण गरिएको छ । नेपाल संगीत तथा…
    • नीलकण्ठ घिमिरेको ‘शान्ति कामना’ लोकार्पण

      आदर्श समाज सम्वाददाता मंसिर १२, २०७८
      पोखरा । नीलकण्ठ घिमिरेका कविताको संग्रह ‘शान्ति कामना’ शनिबार लोकार्पण गरिएको छ । उनको तेस्रो स्मृति दिवस पारेर महाकाव्यकार जनार्दनशरण…
    • लोकनृत्य कलाकार संघबाट सम्मान

      आदर्श समाज सम्वाददाता मंसिर ७, २०७८
      पोखरा । लोकनृत्य कलाकार संघ कास्कीको प्रथम वार्षिकोत्सव कलाकार सम्मान तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ । संस्थाले गुरुङ चलचित्रका…
    • समता काव्य सन्ध्याको ३४२ औं शृंखला

      आदर्श समाज सम्वाददाता मंसिर ५, २०७८
      पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३४२ औं शृंखला शनिबार…
    • उपन्यास ‘चक्रधूम’ विमोचन

      आदर्श समाज सम्वाददाता मंसिर ५, २०७८
      पोखरा । रेशम गिरीद्वारा लिखित ‘चक्रधूम’ उपन्यास शनिबार विमोचन गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा शनिबार पोखरामा आयोजित समारोहमा…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग