Worldlink ads

भद्रकाली तथा गणेश मन्दिर सेवा समितिमा योगेन्द्रमान

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७८
ganesh mandir

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १२ र १३ स्थित भद्रकाली तथा गणेश मन्दिर सेवा समितिको नवौं अधिवेशन तथा १८ औं साधारण सभाले योगेन्द्रमान श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ ।

शनिबार भएको अधिवेशनले २६ वर्षसम्म लगातार सचिवको कुशल जिम्मेवारी निभाएका श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । समितिका सदस्यहरु गमबहादुर गुरुङ, शान्तकुमार श्रेष्ठ, लालबहादुर नेपाली, रामप्रसाद सिग्देल, दीपेन्द्रराज बस्ताकोटी, डिलाराम लामिछाने, वीरबहादुर थापा र हिरचन्द्र आचार्य रहेका छन् ।

पोखरा १२ का अध्यक्ष रामबहादुर कार्किले सभाको उद्घाटन गरेका थिए । गणेश तथा भद्रकाली सेवा समितका अध्यक्ष टीकाबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमममा समितिका पूर्व अध्यक्ष कुसुमराज आचार्य, सल्लाहकार सदस्य प्रा. तारा बराल, मीनबहादुर गुरुङ, नादा तमु समाज पोखरा १२ का अध्यक्ष चेतबहादुर गुरुङ, कवि वामनप्रसाद ढेवाजू लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन सचिव योगेन्द्रमान श्रेष्ठले गरेका थिए । ज्ञानेन्द्रप्रसाद सिग्देलको संयोजक रहेको निर्वाचन मण्डलले समिति सर्वसम्मत चयन गराएको हो । समितिको पहिलो बैठकले कार्यविभाजन गर्नेछ ।

Related News

सम्बन्धित समाचार

    • मानव मिलनमा दिव्य सत्संग

      आदर्श समाज सम्वाददाता कार्तिक २७, २०७८
      पोखरा । मानव मिलन संस्था, पोखरामा दिव्य सत्संग समारोह भएको छ । संस्थाका संस्थापक नेपालकेसरी डा. मणिभद्र मुनि महाराजको सानिध्यमा…
    • पोखरामा भाइटीका महोत्सव

      आदर्श समाज सम्वाददाता कार्तिक २२, २०७८
      पोखरा । पश्चिमाञ्चल होटल संघ पोखराले तिहारका अवसरमा आयोजना गर्दै आएको भाइटीका महोत्सवमा यसपटक २० विदेशी नागरिकले टीका ग्रहण गरेका…
    • लोप भयो मखमली फूल   

      आदर्श समाज सम्वाददाता कार्तिक २०, २०७८
      रामपुर ।  ‘मखमली फुल्दा मार्सीधान झुल्दा बहिनी आउनेछिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको यो…
    • भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा

      आदर्श समाज सम्वाददाता कार्तिक २०, २०७८
      पोखरा ।  कात्तिक २० गते शनिबार आज भाइटीकाको साइत बिहान ११ बजेर ०२ मिनेटमा उत्तम रहेको पाञ्चांग निर्णायक समितिले जनाएको…
    • पोखरामा राष्ट्रिय विभूति शङ्खधर साख्वाःको शालिक अनावरण   

      आदर्श समाज सम्वाददाता कार्तिक १९, २०७८
      कास्की । नेपाल संवत्का प्रणेता एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाःको शालिक पोखरामा अनावरण गरिएको छ । पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग