Worldlink ads

समता काव्य सन्ध्याको ३४२ औं शृंखला

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७८
342 samata photo

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३४२ औं शृंखला शनिबार भएको छ ।

नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले आफू संस्थापक सचिव भएको संस्थाले कुनै कार्यक्रमको ३४२ औं शृंखला चलाइरहँदा निकै खुसी लागेको बताए । वागमती प्रदेश सभाका सदस्य नेपाल भाषाका कवि सुरेन्द्रराज गोसार्इंले साहित्यकार र कलाकारलाई राज्यले राज्यका सन्ताननै नठानेको भन्दै आफू भक्तपुरको बासन्दिा भए पनि अनागरिक जस्तो व्यवहार गरेकामा दुख व्यक्त गरे । साहित्य र कलाको माध्यमबाट पोखरा र भक्तपुरलाई जोड्दै भाषा, कला र साहित्य आदान प्रदान गर्न हातेमालो गर्न सकिने उनको भनाइ थियो । ।

पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक सहसचिव संगीतकार विक्रम गुरुङले आफू लामो वैदेशिक बसाइपछि जन्मथलोमा आउँदा र आफ्नो मातृ संस्थाले आयोजना गरेका कार्यक्रममा बोल्न र नयाँ पुस्ताका उम्दा कविता सुन्दा नेपाली साहित्यमा अझै पनि पोखराले हस्तक्षेप गर्नसक्ने पाएको बताए । कार्यक्रममा नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठान पूर्व सदस्य सचिव तीर्थ श्रेष्ठ, कवि ईश्वरमणि अधिकारी, दीपक समीप, लिली अधिकारी, भूमिराज बस्ताकोटी, रेशम गिरी, विष्णुप्रसाद बास्तोला, निकेश गिरी, केशव ज्ञवाली लगायत कविहरुले रचनाहरु वाचन गरेका थिए ।

‘साहित्य, कला र सङ्गीतको उत्थान : हाम्रो प्रण’को गुञ्जनका साथ २०३४ सालमा स्थापना भएको पोखरेली युवा सांस्कृतिक परिवार गण्डकी प्रदेशको वाङ्मयिक विकासमा ४४ वर्षदेखि अविछिन्न क्रियाशील र सक्रिय संस्थाका रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा परिचित छ । परिवारको साहित्य विभागकी संयोजक रिता अधिकारीले कविहरूलाई स्वागत गरेकी थिइन् । पोयुसापका अध्यक्ष मोती भुजेलको सभापतित्वमा सम्पन्न काव्य सन्ध्याको सञ्चालन पोयुसापका सहसचिव शिव त्रिपाठीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • ‘आकाशगंगाको किनार’ लोकार्पण

      आदर्श समाज सम्वाददाता मंसिर १३, २०७८
      पोखरा । कवि एवं लेखक अजित उत्सवको कविता संग्रह ‘आकाश गंगाको किनार’ पोखरामा लोकार्पण गरिएको छ । नेपाल संगीत तथा…
    • नीलकण्ठ घिमिरेको ‘शान्ति कामना’ लोकार्पण

      आदर्श समाज सम्वाददाता मंसिर १२, २०७८
      पोखरा । नीलकण्ठ घिमिरेका कविताको संग्रह ‘शान्ति कामना’ शनिबार लोकार्पण गरिएको छ । उनको तेस्रो स्मृति दिवस पारेर महाकाव्यकार जनार्दनशरण…
    • लोकनृत्य कलाकार संघबाट सम्मान

      आदर्श समाज सम्वाददाता मंसिर ७, २०७८
      पोखरा । लोकनृत्य कलाकार संघ कास्कीको प्रथम वार्षिकोत्सव कलाकार सम्मान तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ । संस्थाले गुरुङ चलचित्रका…
    • निबन्ध प्रतियोगितामा शीतलादेवीकी करिना प्रथम

      आदर्श समाज सम्वाददाता मंसिर ५, २०७८
      पोखरा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्म जयन्तीका अवसरमा पोखरा प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित पोखरा महानगरपालिकाका विद्यालयबीचमा बीचमा भएको निबन्ध प्रतियोगितामा…
    • उपन्यास ‘चक्रधूम’ विमोचन

      आदर्श समाज सम्वाददाता मंसिर ५, २०७८
      पोखरा । रेशम गिरीद्वारा लिखित ‘चक्रधूम’ उपन्यास शनिबार विमोचन गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा शनिबार पोखरामा आयोजित समारोहमा…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग