सयपत्री सहकारीका कर्मचारीलाई तालिम

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७८
sayaptri sakari news ph

पोखरा। सयपत्री बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीलाई तालिम दिइएको छ । तालिममा आर्थिक विज्ञ सिए किरण पौडेलले दक्ष कर्मचारी नहुँदा कुनै पनि संस्था सक्षम र दीगो आर्थिक लक्ष्य प्राप्त गर्न नसक्ने बताएका छन् । सयपत्री बचत तथा ऋण सहकारी संस्था पोखरा ११ रानीपौवाका कर्मचारीलाई दिएको तालिममा सिए पौडेलले सयपत्री सहकारीमा कार्यरत कर्मचारी दक्ष र सेयर सदस्य मैत्री हुनु पर्ने बताए । फाइन्नान्सियल एवं एकाउन्टिङ सम्बन्धी प्रशिक्षण दिएका पौडेलले सहकारीबाट हुने कारोबार पारदर्शी हुनु पर्ने बताए ।

सहकारी संस्थाका अध्यक्ष रवीन्द्रनाथ बाँस्तोलाको अध्यक्षतामा भएको तालिममा सहकारीमा कार्यरत १८ जना कर्मचारी सहभागी थिए । २ दिने तालिममा मोटिभेटर दीपेन्द्र पहारीले अर्गनाइजेसन सम्बन्धी उत्प्रेरण तालिम दिएका थिए । सहकारीका सचिव कृष्णप्रसाद आचार्यको सञ्चालनमा रहेको तालिम उद्घाटन सत्रमा सहकारीका प्रबन्धक विकास सुवेदीले स्वागत गरेका थिए ।

तालिममा सहभागी कर्मचारीले सेयर सदस्यसँग गर्नु पर्ने व्यवहार, आर्थिक सुशासन, कार्यालय व्यवस्थापन, सञ्चालक समितिसँग सहकारी सम्वन्धी गुनासो र सेवाग्राहीको अपेक्षा लगायत विषयमा राख्नु पर्ने धारणा लगायत विषयमा प्रस्नोत्तर शैलीमा जिज्ञासा राखेका थिए ।
तालिममा कर्मचारी सधै संस्थागत शुसानमा रहनु पर्ने उल्लेख गरिएको थियो । उदघाटन संस्थाका अध्यक्ष रवीन्द्र बास्तोलाले संस्था एउटा ब्रान्ड हो भने कर्मचारीहरु संस्था ब्रान्ड बनाउन लाग्ने सिपाही हुन भन्ने धारणा राखेका थिए ।

्सरहकारीको कोषाध्यक्ष धर्मप्रसाद बास्तोलाले कर्मचारी नै संस्थाको दीगो विकासका पहरेदार भएको धारणा राखेका थिए । सहकारीका प्रबन्धक विकास सुवेदीले संस्था रहेर मात्रै कर्मचारी रहने भएकोले संस्थाको हितमा ध्यान दिनुपर्ने बताए । उनले कर्मचारीको योगदानले नै संस्था राम्रो हुने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width