देश हाँक्ने कांग्रेस बनाउने हो ?

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७८
yougraj lamichhane

याेगराज लामिछाने

योगराज लामिछाने
अहिले मुलुकमा सबै पार्टीहरुलाई अधिवेशन लागिरहेको छ । वास्तवमा यी अधिवेशन केवल ती पार्टीका कार्यकर्ता र सदस्यहरुको मात्रै चासोका विषय होइनन् । सबै पार्टीका अधिवेशनमा मुलुकका ध्यान छ । कारण अब अधिवेशन÷महाधिवेशनबाट आउने विचार नेतृत्व नै मुलुक हाँक्ने नेतृत्व हो । कांग्रेसको नेतृत्व कस्तो हुने भन्ने सवाल केवल कांग्रेससँगमात्रै सम्बन्धित छैन । मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी हुनुको नाताले समग्र राजनीतिलाई कसरी अगाडि बढाउने र देशलाई विकासको कसरी बाटोमा हिँडाउने भन्ने जिम्मेवार कांग्रेसकै काँधमा हुन्छ । तसर्थ नेपाली कांग्रेसको चालु १४ औं महाधिवेशनबाट नेतृत्वमा को आउला भन्ने चासो सर्वत्र छ ।

कांग्रेस महाधिवेशनमा अहिले पेचिलो मुद्दा पुस्तान्तरण र रुपान्तरणको हो । अघिल्लो पुस्ताका नेता भएर पनि पार्टी र सरकारको नेतृत्व गर्ने मौका नपाएकाहरु पार्टीभित्र पुस्तान्तरण नभई रुपान्तरण जरुरी ठान्छन् । तर युवा नेताहरुलाई भने पुस्तान्तरण चाहिएको छ । पुरानो पुस्ताले आधुनिक समयका रंगीन चुनौतीहरुको सामना गर्न नसक्ने तर्क युवा नेताहरुको छ । त्यसैले युवाहरु पार्टीभित्र र बाहिर परिवर्तनका लागि पुस्तान्तरणको औचित्य पुष्टि गर्ने अभियानमा लागेका छन् ।

केही थान निश्चित उमेरका नेतालाई तुलनात्मक रुपमा थोरै उमेरका नेताले प्रतिस्थापन गर्नु पुस्तान्तरण कदाचित होइन । नवीन विचार, ताजा दृष्टिकोण र समयमैत्री क्रियाशील युवाहरुको सार्थक हस्तक्षेपचाहिँ वास्तवमा पुस्तान्तरण हो । त्यसैले नेपाली कांगे्रसभित्र पुस्तान्तरण पार्टीलाई बिल्कुलै युवा क्लबमा रुपान्तरण गर्न नभई नेतृत्वलाई ज्येष्ठ नागरिक मञ्च बन्नबाट जोगाउन बढी केन्द्रित छ । पुस्तान्तरण पनि फगत पुस्तान्तर नभई रुपान्तरणसहितको पुस्तान्तरण हुनुपर्छ । समाज र समयको आवश्यकता बुझ्दै समृद्धि मुलुक बनाउन सक्ने जुझारु युवा पुस्ताको नेतृत्व तहमा हुने राजनीतिक उपस्थिति वास्तविक पुस्तान्तरण हो ।

नेपालले राजनीतिक परिवर्तन पटकपटक व्यहो¥यो । विडम्बना के भने पार्टीहरुको कार्यशैलीमा रुपान्तरण आएन । विकास धिमै रह्यो । त्यसको कारण अहिलेको नेतृत्व पुस्तामा व्याप्त दृढ इच्छाशक्तिको अभाव हो भन्ने पार्टीभित्र र बाहिरका युवा पुस्ताको ठम्याई छ । त्यसैले राजनीतिक दलमा आबद्ध वा स्वतन्त्र युवा पुस्ता मुलुकको रुपान्तरणका लागि प्रथमतः राजनीतिक दलभित्र रुपान्तरण जरुरी ठान्छ । त्यस्तो रुपान्तरण पुस्तान्तरणबाट हुनसक्छ भन्ने पनि सोच्छ । बृहत् अर्थमा आम नेपालीका साझा समस्या र साझा सम्भावना माथि दलहरुको साझा दृष्टिकोण निर्माण पनि पुस्तान्तरणसँग जोडिएको छ ।

मुलुकले रुपान्तरणका लागि योगदान, योग्यता र योजना भएका युवाहरुको हस्तक्षेप पर्खिरहेको छ । रुपान्तरणले राजनीतिक अभियानलाई फरक ढंगले सञ्चालन गर्ने शैली माग्छ

नेपाली कांग्रेस स्थापना गर्दा बिपी कोइराला युवा थिए । मझबुत संगठन निर्माण गर्दै प्रजातन्त्र प्राप्तिको आन्दोलन सफल पार्न बिपीसहितको युवा पुस्ता कामयाबी भयो । त्यही नेतृत्वले थोरै समयमै विकासका लागि एउटा मोडेल प्रस्तुत गर्दै थियो । बिडम्वना प्रजातन्त्र र विकासको त्यो मोडल राजा महेन्द्रको ‘कू’ को सिकार हुनुप¥यो । आज त्यही नोस्टाल्जियाका कारण पनि नेपाली राजनीतिले मुलुक रुपान्तरणका लागि नेतृत्वमा पुस्तान्तरण खोजिरहेको छ । मुलुक धेरै वर्षसम्म राजनीतिक परिवर्तनको फगत प्रयोगशाला बनिरहेको छ । मुलुकले वास्तविक रुपान्तरणका योगदान, योग्यता र योजना भएका युवाहरुको एकीकृत हस्तक्षेप पर्खिरहेको छ ।

रुपान्तरणले राजनीतिक अभियानलाई फरक ढंगले सञ्चालन गर्ने शैली माग्छ । त्यो शैली समयलाई समात्न सक्ने युवामा हुन्छ । ठूलो संख्यामा सहभागी जुटाउने कला अनि व्यापक स्तरमा बहसलाई उठान गर्ने सीप युवा नेतृत्वमा हुन्छ भन्ने उदाहरण कोरोनाकालको बालुवाटार केन्द्रित इनफ इज इनफ अभियानलाई लिन सकिन्छ । पार्टीभित्र व्यापक क्रियाशील सदस्य थप गर्ने अभियानका कारण कांग्रेसभित्र ठूलो संख्याका युवाको सहभागिता बढेको छ । यस्तो माहोलमा अघिल्लो पुस्ताको बलिदानीबारे नवप्रवेशी युवालाई राजनीतिक दीक्षा जरुरी छ । उनीहरुमा ऊर्जा छ । त्यो ऊर्जामा विचार मिसाउनुपर्नेछ । प्रशिक्षणले युवाहरुलाई समाज र रुपान्तरण गर्ने उनीहरुको मार्गचित्र साझा गर्ने मञ्च दिन्छ । तबमात्र पार्टी पाठशाला बन्न पुग्छ । इतिहास र अग्रजको योगदानको वजन नबुझेको युवा न वर्तमान बुझ्छ न भविष्य निर्माण गर्न सक्छ ।

आज नेपालमा कम्युनिस्ट पार्टीहरुले आफूलाई समाजवादी भएको दाबी गरिरहनुपरेको छ । कांग्रेस लोकतन्त्रवादी भएको र आन्तरिक लोकन्तत्र भएको दावा गर्नुपर्ने अवस्थामा छ । दुवैका अवस्था दुर्भाग्यपूर्ण हुन् । पार्टीभित्र तल्लो तहका बहस र छलफलमा पार्टीका कमजोरी र नेतृत्वका नाकामीलाई चर्को ढंगले उठान गर्ने तर शीर्ष नेतृत्व सामु लम्पसार पर्ने प्रवृत्ति नेपाली कांग्रेसमा पनि हाबी छ । सम्बन्धित वर्ग र तहको प्रतिनिधित्व गर्ने गरी छनोट भएका नेता कार्यकर्ता नै माथिल्लो निकायलाई आधारभूत तहका गुनासो र असन्तुष्टिहरु सञ्चार गर्न हिचकिचाउँछन् । जब प्रत्यक्ष भेटमा नेतृत्वले कार्यकर्ताहरुलाई आलोचनात्मक टिप्पणी राख्ने अवसर दिँदैनन्, अन्तत तिनै विचारहरु सामाजिक सञ्जालमा आक्रोश बनेर पोखिन्छन् । जो पार्टी संगठनका लागि दुर्भाग्यपूर्ण हुन्छ । आफ्नो पार्टीका गलत कार्यकलापविरुद्ध बोल्नहरु नै पार्टीका इमानदार सिपाही हुन भन्ने बिपीको विचारलाई आत्मसात गर्दै मेरो कमजोरी औंल्याइदिने कार्यकर्ता नै मेरो प्रिय साथी हो भन्ने नेता पाउन मुश्किल छ ।

मेरो कार्यशैली मन नपराउने हाम्रो पार्टीका नेता कार्यकर्ताले मलाई सोझै सम्पर्क गरी सुझाव दिँदा म खुसी हुनेछु । आलोचनात्मक चेत भएका कार्यकर्ताहरुलाई स्वागत गर्न सक्ने नेतृत्वबाट नै खासमा पार्टी संगठन मजबुत हुन्छ । लोकतन्त्र बलियो हुन्छ । यसका लागि नेता उदारवादी हुन जरुरी छ । कार्यकर्ता बिचौलिया नभईकन विवेकशील हुन आवश्यक छ । नेतामुखी नभएर जनमुखी हुन अनिवार्य छ । जनताका समस्या र सोचलाई सार्थक ढंगले निर्णायक मुकामसम्म पु¥याउने इच्छाशक्तिले भरिपूर्ण हुनुपर्नेछ । यस्ता सर्तहरुको पालना गर्ने कार्यकर्ताको नेतृत्वमा मात्र पुस्तान्तरण सम्भव हुन्छ ।

नेपाली कांग्रेसका ३३ प्रतिशत क्रियाशील सदस्यहरु ४० वर्षभित्रका छन् र हालसम्म सम्पन्न वडा अधिवेशनमा त्योभन्दा ठूलो अनुपातमा युवा क्षेत्रीय प्रतिनिधिहरु निर्वाचित भएर आएका छन् । यी क्षेत्रीय प्रतिनिधिहरुले आफूलाई मतदातामा मात्र सीमित नराखी आपूm र आफ्नो वर्गलाई नेतृत्वमा पु¥याउने दायित्व छ । जनभावनाअनुसार काम गर्न सकेन भनेर दुत्कार्नेमात्र भन्दा पनि नेतृत्व छनोटकै बखतमा मताधिकारलाई होसियारीपूर्वक प्रयोग गर्नु वैज्ञानिक हुन्छ । युवा वर्गलाई भविष्यका नेता भन्दै लामो प्रतीक्षासूचीमा सीमित नराखी नीति निर्माण तहमा पु¥याउने दायित्व पनि आम क्षेत्रीय प्रतिनिधिहरुको हो विशेषत युवा क्षेत्रीय प्रतिनिधिको हो ।

त्यसो त नेपालको जनसंख्यामा १६ देखि ४० वर्ष उमेर समूहका युवा ४० प्रतिशतभन्दा धेरै छ । उक्त संख्याको केवल एक तिहाइको हाराहारीमा युवाहरु संघीय निर्वाचनमार्फत् निर्वाचित नीति निर्माण तहमा क्रियाशील छन् । झनै ४० वर्ष उमेर समूहभित्रै जनसंख्याको ७५ प्रतिशत हिस्सा समेटिन्छ भन्दा त उक्त उपस्थिति अत्यन्त झिनो देखिन्छ । लामो चुनावी अनुभव बोकेका सम्पन्न देशहरुले महिलालाई सुरुआती दिनदेखि नै मताधिकार दिन चुके । नेपालमा भने निर्वाचनको अभ्यास प्रारम्भ हुँदादेखि नै महिलाले मताधिकार प्रयोग गरेको अनुभव छ । तर दशकौंदेखि राजनीतिमा सक्रिय अनि मताधिकार सम्पन्न नेपाली महिलाहरु विरलै नेतृत्व तहमा स्थापित हुन सके । पहिलो दशकमा गरिएको संवैधानिक व्यवस्थाका कारण उल्लेखनीय संख्यामा महिलाहरु राजनीतिका नेतृत्वदायी भूमिकामा क्रियाशील छन् । अझै पनि प्रत्यक्ष निर्वाचनमार्फत महिला नेतृत्वलाई स्थापित गर्न राजनीतिक दलहरु हिचकिचाइरहेका छन् । नेपाली समाज चुकेको छ । महिलालाई मतदाताकै रुपमा सीमित पार्ने षडयन्त्रलाई कमजोर पार्ने गरी अभियान चलाउन महिला आन्दोलन अझै सफल देखिँदैन । यस्तै नियति नेपाली कांग्रेसभित्रको युवा आकर्षण र अभियानले पनि व्यहो¥यो भने दुर्भाग्यपूर्ण हुनेछ । यही युवाले पनि आफूलाई पनि आफूलाई मतदातामै सीमित राखे भने पुस्तान्तरणमार्फत रुपान्तरण गर्ने सपनाले आकार ग्रहण गर्न सक्ने छैन ।

प्रजातन्त्रको पुनःस्थापनापछिका नेपालका १४ जना सरकार प्रमुखको औसत उमेर ६८ दशमलव ४२ वर्ष छ । नेतृत्वमा बहाल रहेको अन्तिम समय र पटकपटक नेतृत्व गर्ने सरकार प्रमुखको हकमा पछिल्लो कार्यकाललाई आधार बनाएर निकालिएका नेतृत्वको यो औसत उमेर पछिल्लो जनगणनाअनुसार आम नेपालीको औसत आयुभन्दा पनि बढी हो । हुन त भारतका पछिल्ला चौंधौ प्रधानमन्त्रीको औसत उमेर पनि नेपालको झै भारतीयको औसत आयुभन्दा थोरै माथि नै छ । तर त्यस्तै पछिल्ला चौधौं अमेरिकी राष्ट्रपतिको औसत उमेर भने जम्मा ६३ दशमलव ७१ वर्ष छ । यो उमेर आम अमेरिकीको औसत आयुभन्दा पन्ध्र वर्षले कम छ । झनै बेलायती सरकार प्रमुखको त्यस्तै औसत उमेर भने त्यहाँका नागरिकको औसत आयुभन्दा २० वर्षले कम छ ।

यी तथ्यांकले नेपाली राजनीति युवामैत्री नभएको प्रष्ट देखाउँछ । त्यसो त पार्टी नेतृत्वमै युवाको उपस्थिति विना सरकारमा युवाको प्रवेशको परिकल्पना लोकतन्त्रमा गर्न सकिंदैन । के नेपालका युवाहरु कार्यकर्ता बन्नकै लागि मात्र राजनीतिमा क्रियाशील छन् त ? के नेपाली युवाहरुमा पार्टी र सरकार सञ्चालन गर्ने योग्यता र योजना छैन त ? यी प्रश्नहरुको जवाफ नेपाली कांग्रेसको चालु चौंधौ महाधिवेशनले दिन जरुरी छ । मतदानको क्रममा उमेदवारहरुको दावामा मात्र निर्भर नभई उनीहरुको योगदान र योजनाका बारेमा पनि सोधखोज र जानकारी राख्नु पनि उनीहरुको दायित्व हो साथै समाजका आधारभूत तहमा क्रियाशील साथीहरुको भावनालाई नसमेटिकन आफ्नै व्यक्तिगत सोच र कसैको निर्देशनमा आधारित भई मतदान गर्नु जुनसुकै उमेर समूहका क्षेत्रीय प्रतिनिधिका लागि पनि शोभनीय विषय हैन । यदि मानसपटलमा आफ्ना शुभेच्छुक तथा क्रियाशील सदस्यहरुको सोचलाई बोकेर पार्टी नेतृत्वका लागि प्रतिनिधिले मतदान गर्न सकेनन् भने पार्टीको सम्बन्ध जनतासँग टाँिढदै जान्छ । त्यो लोकतन्त्रकै लागि हानिकारक हुन्छ ।

अपमानित क्रियाशील सदस्य
नेपाली कांग्रेसको आन्तरिक जीवनमा जीवकोषकै रुपमा व्यवस्थित क्रियाशील सदस्यहरु धेरै जिल्लामा वडा अधिवेशन भए पनि बाँकी अधिवेशनको कार्यतालिका लम्बिँदा अपमानित छन् । पार्टीले पछिल्लोपटक आयोजना गर्ने कार्यक्रमहरु निर्वाचन केन्द्रित हँुदै गर्दा सम्भावित उम्मेदवारहरुबाटै क्षेत्रीय प्रतिनिधिहरुलाई सर्वश्री अनि क्रियाशील सदस्य साथै आम शुभेच्छुकहरुलाई मूल्यहीनझैं व्यवहार भएको छ । आखिर क्षेत्रीय प्रतिनिधिहरु पनि तिनै क्रियाशील सदस्यहरुको भावनाको प्रतिधित्व गर्ने भनि अधिवेशनको प्रयोजनका लागि पठाइएका प्रतिनिधि न हुन् । यो वास्तविकतालाई चुनावी माहोलमा चटक्कै बिर्सिएको पाइन्छ । क्षेत्रीय प्रतिनिधिहरु चनाखो नभइदिँदा अनि महाधिवेशन प्रतिनिधिहरु मनमौजी भइदिँदा यस्तो समस्या आएको छ । चाहे क्षेत्रीय प्रतिनिधि हुन् या महाधिवेशन प्रतिनिधि नै किन नहुन्, त्यस्ता प्रतिनिधिले आफ्नो राजनीतिक र दार्शनिक हैसियत बिर्सिए भने उनीहरु केवल बिचौलियामा रुपान्तरण हुन्छन् । यस्तो प्रवृत्तिलाई निराकरण नगरी पार्टी संगठनलाई मजबुत बनाउन सकिँदैन । पुस्तान्तरण र रुपान्तरण सम्भव हुँदैन ।

प्रारम्भिक अनुमान अनुसार २०८५ मा हुने आम निर्वाचनहरुमा थप ३० लाख नयाँ युवाहरु वालिग हुँदै छन् । प्रारम्भमा एउटा पार्टीलाई मतदान गरेपछि त्यसपछिका निर्वाचनहरुमा सामान्यतया सोही पार्टीमा निरन्तर मतदान गर्ने नेपाली संस्कृतिलाई नियाल्दा युवा मतदाताहरु सुरुआती दिनदेखि नै आकर्षण गर्नुपर्ने देखिन्छ । जसका लागि युवा मतदातालाई आर्कषण गर्न नीति तथा कार्यक्रमहरु नेपाली कांग्रेसले चौधौं महाधिवेशनमार्फत ल्याउनु आवश्यक लाग्दा युवा शक्तिहरु नेतृत्वमा स्थापित हुनु जरुरी देखिन्छ ।

यस्ता नयाँ युवा मतदातामध्येका दुईतिहाइ युवालाई आकर्षण गर्न सक्दामात्र पनि आगामी निर्वाचनमा नेपाली कांग्रेसले स्पष्ट बहुमत सहित सरकारको नेतृत्व गर्ने स्थानमा पुग्न सक्ने देखिन्छ । अघिल्लो पुस्तामा यस्तो भरोसा लाग्दो नेतृत्व भेटिँदैन । त्यसैले देशको रुपान्तरणका लागि आवश्यक रुपान्तरित कांग्रेस निर्माण गर्न पनि कांग्रेसभित्र पुस्तान्तरण अनिवार्य छ । विपक्ष पार्टीलाई यो वा त्यो दोष परास्त भन्दै आफ्नो पार्टीलाई मात्र राष्ट्रवादी देखाउन खोज्ने नेपाली राजनीतिको पुरानो रोगलाई निर्मूल गर्दै प्रष्ट परराष्ट्र नीतिको आवश्यकता पनि पुस्तान्तरण र रुपान्तरणसँग जोडिएको छ । भ्रष्टाचाररुपी राष्ट्रिय महामारीविरुद्धको ठोस अभियानको आकांक्षाले पनि यसलाई सघाएको छ । –सेतोपाटीबाट

Related News

सम्बन्धित समाचार

  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…

hero news full width