महोत्तरीमा मान्छे बोक्सी हुन्न अभियान

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७८
Boksi

हेमजा । प्रदेश नं.२ को महोत्तरी जिल्लामा बोक्सी कु–प्रथाविरुद्घको अभियान सञ्चालन भइरहेको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले उक्त जिल्लामा अभियान सञ्चालन गरिरहेको हो । जसअन्र्तगत यही मंसिर १ गते मटियानी नगरपालिका वडा नं.४ मा कार्यक्रम गरियो । मंसिर २ गते जलेश्वर नगरपालिकाको वडा नं. ४ स्थित सुकदेव माध्यमिक विद्यालयमा, ३ गते भंगाहा नगरपालिका वडा नं.४ को वडा कार्यालय तथा शनिबार बर्दीवास ७ स्थित जुरेटोलमा सचेतनामूलक कार्यक्रम भएको प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्यायले जानकारी दिए ।
त्यस अवसरमा बोक्सी ऐन २०७२ वितरण गर्नुका साथै विभिन्न सचेतनामूलक गीतहरु एवं मौथिली भाषाको अग्निदहल चलचित्र पनि प्रदर्शन गरिएको थियो । ती कार्यक्रममा अधिवक्ता भीमप्रसाद श्रेष्ठले सहजीकरण गरेका छन् । त्यस्तै प्रदेश सांसद शारदा थापा र रानी शर्मा तिवारीको पनि साथ छ । सो जिल्लाका प्रभावित क्षेत्रमा अझै एक साता कार्यक्रम सञ्चालन गरिने प्रतिष्ठानकी महासचिव रमा त्रिपाठीले बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width