Worldlink ads

महोत्तरीमा मान्छे बोक्सी हुन्न अभियान

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७८
Boksi

हेमजा । प्रदेश नं.२ को महोत्तरी जिल्लामा बोक्सी कु–प्रथाविरुद्घको अभियान सञ्चालन भइरहेको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले उक्त जिल्लामा अभियान सञ्चालन गरिरहेको हो । जसअन्र्तगत यही मंसिर १ गते मटियानी नगरपालिका वडा नं.४ मा कार्यक्रम गरियो । मंसिर २ गते जलेश्वर नगरपालिकाको वडा नं. ४ स्थित सुकदेव माध्यमिक विद्यालयमा, ३ गते भंगाहा नगरपालिका वडा नं.४ को वडा कार्यालय तथा शनिबार बर्दीवास ७ स्थित जुरेटोलमा सचेतनामूलक कार्यक्रम भएको प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्यायले जानकारी दिए ।
त्यस अवसरमा बोक्सी ऐन २०७२ वितरण गर्नुका साथै विभिन्न सचेतनामूलक गीतहरु एवं मौथिली भाषाको अग्निदहल चलचित्र पनि प्रदर्शन गरिएको थियो । ती कार्यक्रममा अधिवक्ता भीमप्रसाद श्रेष्ठले सहजीकरण गरेका छन् । त्यस्तै प्रदेश सांसद शारदा थापा र रानी शर्मा तिवारीको पनि साथ छ । सो जिल्लाका प्रभावित क्षेत्रमा अझै एक साता कार्यक्रम सञ्चालन गरिने प्रतिष्ठानकी महासचिव रमा त्रिपाठीले बताइन् ।

Related News

सम्बन्धित समाचार

    • मगर चलचित्रकर्मी संघको उद्घोषण तथा भाषणकला

      आदर्श समाज सम्वाददाता मंसिर २५, २०७८
      पोखरा । नेपाल मगर चलचित्रकर्मी संघ, कास्कीको आयोजनामा पोखरामा उद्घोषण तथा भाषणकला भएको छ । एक सातासम्म चलेको तालिममा संघका…
    • फिल्म अवार्ड विजेता सर्ट फिल्म ‘परिबन्द’ माथि छलफल

      आदर्श समाज सम्वाददाता कार्तिक १३, २०७८
      पोखरा । ‘कुकु इन्टरनेशनल फिल्म अवार्ड’ विजेता सर्ट फिल्म ‘परिबन्द’ माथि छलफल गरिएको छ । दक्षिण भारतमा आयोजना हुने कुकु…
    • चलचित्र पत्रकारिता सतहीमात्रै

      धनबहादुर गुरुङ असाेज २१, २०७८
      पोखरा । ‘चलचित्र पत्रकारिता धेरै भयो तर गम्भीरखालको पत्रकारिता भएन’ चलचित्र समीक्षक तथा लेखक सामीप्यराज तिमिल्सेना पछिल्ला समय यही विषयले…
    • सेप्टेम्बर १० देखि नेपाल भ्लग च्यालेन्ज हुने

      आदर्श समाज सम्वाददाता भाद्र २०, २०७८
      पोखरा । नेपाली फिल्ममेकर र भ्लगर खोजी गर्ने उद्देश्यले नेपाल भ्लग च्यालेन्ज आयोजना गरिएको छ । विजेताले आगामी कात्तिक महिनामा…
    • म्याक्स टिभीमा ‘तमुस्यो’

      आदर्श समाज सम्वाददाता भाद्र ११, २०७८
      पोखरा । गुरुङ चलचित्र तमुस्यो मेगा म्याक्स टेलिभिजनको च्यानल नम्बर ७७७ मा प्रसारण हुने भएको छ । पाइला फिल्मस् प्रालि…

    hero news full width