सडक दौडमा वसन्त र वीनु च्याम्पियन

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७८
Running Photo

पोखरा । पोखरामा आयोजित विद्यालयस्तरीय सडक दौडमा छात्रतर्फ भद्रकाली माविका वसन्त विक र छात्रातर्पm धम्पुस माविकी वीनु विक च्याम्पियन भएका छन् ।
अन्तर्राष्ट्रिय बाल दिवस अवसरमा जिल्ला खेलकुद विकास समिति कास्कीले शनिबार आयोजना गरेको प्रतियोगितामा छात्रतर्फ निर्धारित ३ किमीको दूरी वसन्तले १३.११ मिनेटमा पूरा गर्दै प्रथम भएका हुन् । उनले १० हजार प्राप्त गरे । यस्तै, कालिका माविका पवन क्षत्री दोस्रो, निशान पुन तेस्रो र टप्सका आशीष राना चौथो भए ।
छात्रातर्फ निर्धारित सो दूरी १८.९ मिनेटमा पूरा गरेकी वीनुले प्रथम हुँदै पुरस्कारस्वरुप १० हजार प्राप्त गरिन् । यस्तै, उदय माविकी ऋतु भण्डारी, भद्रकालीकी बालकुमारी विक र शिद्धकी सोनिका परियार क्रमशः दोस्रो, तेस्रो र चौथो भए । दुवै इभेन्टमा दोस्रो, तेस्रो र चौथोलाई जनही ७, ५ र २ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
पर्यटकीयस्थल लेकसाइड खहरेबाट सुरु दौड प्याराग्लाइडिङ ल्यान्डिङ क्षेत्र खपौंदी पुगेर समापन भएको थियो । कास्कीका २५ विद्यालयको प्रतिनिधित्व हुने गरी छात्रतर्फ ३ सय ५० र छात्रातर्फ १ सय ५० जनाले भाग लिएका थिए ।
विजयीलाई गण्डकी प्रदेशका निवर्तमान अर्थमन्त्री किरण गुरुङ, राखेप बोर्ड सदस्य राजेशकुमार गुरुङ, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरे । सो अवसरमा निवर्तमान अर्थमन्त्री गुरुङले शारीरिक तन्दुरुस्तीका लागि खेलकुद अपरिहार्य रहेको बताउँदै यसप्रकारका प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए । प्रतियोगितामा प्रदेश खेलकुद परिषद्, गण्डकीसहित विभिन्न संघसंस्था तथा व्यक्तिले सहयोग गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width