हिमालयन शेर्पालाई नेपाल आइसको प्रायोजन

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०७८
himalayan sherpa

पोखरा । दशरथ रंगशालामा शुक्रबारदेखि सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिग सुरु हुन लाग्दा हिमालयन शेर्पाको मुख्य प्रायोजन नेपाल आइस बनेको छ । योसँगै अबदेखि क्लबको नामसमेत ‘नेपाल आइस हिमालयन शेर्पा क्लब’ रहने हिमालयन शेर्पा फुटबल क्लबका महासचिव लाक्पा तेञ्जिङ शेर्पाले विज्ञप्तिमार्फत जनाएका छन् ।
हिमालयन शेर्पाका कार्यवाहक अध्यक्ष गोम्जु दोर्जे शेर्पा र सिजीका बिजनेस प्रमुख प्रदीप पुडासैनीबीच सो सम्बन्धमा सम्झौता भएको छ । १ वर्षे सो सम्झौताको रकम भने दुवै पक्षले खुलाएका छैनन् ।
लिग सुरुआतको दोस्रो दिन शनिबार हिमालयन शेर्पा क्लबले संकटा क्लबको सामना गर्दैछ ।

Related News

सम्बन्धित समाचार

hero news full width