यु–१९ छनौट क्रिकेटमा स्याङ्जाको दोस्रो जीत

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०७८

पोखरा । पोखरा रंगशालामा जारी वाइवाइ यु–१९ क्षेत्रीय छनौट क्रिकेट प्रतियोगितामा स्याङ्जाले दोश्रो जीत निकालेको छ । बिहीबार भएको खेलमा स्याङ्जाले नवलपुरमाथि ८ विकेटको जीत निकालेको हो ।
खेलमा टस जितेर ब्याटिङ गरेको नवलपुरले २२ ओभर १ बलमा आफ्नो सम्पूर्ण विकेट गुमाएर मात्रै ५० रन बनाएको थियो । जीतका लागि ५१ रन पछ्याएको स्याङ्जाले ७.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पार गरेको हो । स्याङ्जाको जीतमा नायक सावित भएका सन्देश सुनारले ८ ओभर बलिङ गर्दै १२ खर्चिएर महत्वपूर्ण ४ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच भएका थिए । त्यस्तै, विपिनराज न्यौपानेले ३, विष्णु पाण्डेले २ तथा सन्दिप खत्रीले १ विकेट लिए ।
नवलपुरको ब्याटिङ्मा गोविन्द विकले २३ रन बनाए भने अन्य व्याट्स्म्याले दोहोरो आँकडाको योगफल पनि तयार पार्न सकेनन् । ५१ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा स्याङ्जाका ब्याट्स्म्यान सुजन गौतमले २०, सन्दिप खत्रीले १४ तथा करण पंगेनीले ११ रन जोडे । नवलपुरका बलर सुदिप अर्याल र स्वीकार श्रेष्ठले १÷१ विकेट लिए । स्याङ्जाले यसअघि तनहुँमाथि जीत हाँसिल गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह र वाराही फाइनलमा

    आदर्श समाज सम्वाददाता जेठ ३१, २०७९
    पोखरा । अमरसिंह खेल मैदानमा जारी ब्रेकिङ बाउन्ड्रिज एमसिसी अन्तरविद्यालय छात्र छात्रा क्रिकेट प्रतियोगिताअन्तर्गत अम्मरसिंह र वाराही मावि छात्रतर्फ फाइनलमा…
  • अन्तरविद्यालय क्रिकेट सुरु

    आदर्श समाज सम्वाददाता जेठ २२, २०७९
    पोखरा । पोखरा क्रिकेट एकेडमीको आयोजना तथा मेरोलिवोन क्रिकेट क्लव फाउण्डेशन युके र किडासा युकेको प्राविधिक सहयोगमा पोखरामा शनिबारदेखि ब्रेकिङ…
  • राइजिङ क्रिकेट क्लबको ४ रनको रोमाञ्चक जीत

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७८
    पोखरा । ऋतिक थापा मगरले उत्कृष्ट बलिङ गरेपछि माछापुच्छ्रे क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबमाथि २५ रनको जीतको नजिता निकालेको छ…
  • महिला क्रिकेट टोलीलाई गण्डकीको सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०७८
    पोखरा, १३ चैत । धनगढीमा भएको मुख्यमन्त्री कप यु १९ महिला क्रिकेट प्रतियोगितामा उपाधि विजेता गण्डकी प्रदेशको टोलीलाई गण्डकी प्रदेशको…
  • क्रिकेट अफिसियललाई ज्याकेट

    आदर्श समाज सम्वाददाता फागुन १५, २०७८
    पोखरा । कास्की जिल्ला क्रिकेट संघले कास्कीको क्रिकेटमा लामो समयदेखि अफिसियलको भूंिमका निर्वाह गर्दै आएका क्रिकेट अफिसियललाई ज्याकेट हस्तान्तरण गरेको…

hero news full width