यु–१९ छनौट क्रिकेटमा स्याङ्जाको दोस्रो जीत

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०७८

पोखरा । पोखरा रंगशालामा जारी वाइवाइ यु–१९ क्षेत्रीय छनौट क्रिकेट प्रतियोगितामा स्याङ्जाले दोश्रो जीत निकालेको छ । बिहीबार भएको खेलमा स्याङ्जाले नवलपुरमाथि ८ विकेटको जीत निकालेको हो ।
खेलमा टस जितेर ब्याटिङ गरेको नवलपुरले २२ ओभर १ बलमा आफ्नो सम्पूर्ण विकेट गुमाएर मात्रै ५० रन बनाएको थियो । जीतका लागि ५१ रन पछ्याएको स्याङ्जाले ७.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पार गरेको हो । स्याङ्जाको जीतमा नायक सावित भएका सन्देश सुनारले ८ ओभर बलिङ गर्दै १२ खर्चिएर महत्वपूर्ण ४ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच भएका थिए । त्यस्तै, विपिनराज न्यौपानेले ३, विष्णु पाण्डेले २ तथा सन्दिप खत्रीले १ विकेट लिए ।
नवलपुरको ब्याटिङ्मा गोविन्द विकले २३ रन बनाए भने अन्य व्याट्स्म्याले दोहोरो आँकडाको योगफल पनि तयार पार्न सकेनन् । ५१ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा स्याङ्जाका ब्याट्स्म्यान सुजन गौतमले २०, सन्दिप खत्रीले १४ तथा करण पंगेनीले ११ रन जोडे । नवलपुरका बलर सुदिप अर्याल र स्वीकार श्रेष्ठले १÷१ विकेट लिए । स्याङ्जाले यसअघि तनहुँमाथि जीत हाँसिल गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width