कास्कीमा प्रदेश अधिवेशन आज, सबैजसो पदमा मतदान हुने

प्रकाश ढकाल
मंसिर ३, २०७८
mayagdi congress (3)

????????????????????????????????????

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन शुक्रबार हुँदैछ । कास्कीमा प्रदेश निर्वाचन क्षेत्रको कार्यसमितिसहित प्रदेश प्रतिनिधिका लागि मतदान हुनेछ । सबैले बिहीबार नै मनोनयन दर्ता गराएका छन् । कास्कीमा निर्वाचन क्षेत्र ६ वटा छन् । मनोनयन हेर्दा सबैजसो पदमा मतदान हुने देखिएको छ भने केही पद सर्वसम्मत भैसकेको छ ।
कास्की क्षेत्र नम्बर १ (क) सभापतिमा दुर्गाप्रसाद सुवेदी र मुराहरि कोइराला प्रतिस्पर्धी छन् भने (ख) सभापतिमा अर्जुन गुरुङ र कृष्णप्रसाद कोइरालाले मनोनयन दर्ता गराए ।
क्षेत्र २ (क) सभापतिका लागि दिनेश आचार्य र वर्षाकेशव पराजुली तथा (ख) मा दीपेन्द्र मर्सानी र सुवास सिग्देलले दावेदारी प्रस्तुत गरेका छन् । क्षेत्र ३ (क) सभापतिका लागि दीपकराज पौडेल र पुष्पेन्द्र पाण्डे प्रतिस्पर्धी छन् भने (ख) सभापतिमा जीवनाथ पौडेल (शंकर) र दीपकवीर कुँवरबीच प्रतिस्पर्धा हुनेछ ।
क्षेत्र १ (क) उपसभापतिमा दीपककुमार आले, निर्मला ढुंगाना, लक्ष्मीदेवी पौडेल र शुकेदव गुरुङ, सचिवमा केशवराज भट्टराई, धु्रवराज अधिकारी र शिवराज अधिकारी तथा सहसचिवमा ईश्वरराज भण्डारी, विष्णु गुरुङ, शान्ति मगराती र सुवास भण्डारीबीच प्रतिस्पर्धा हुनेछ । प्रदेश अधिवेशन प्रतिनिधिअन्तर्गत खुलामा १५ जना, प्रत्यक्ष महिलामा ४, खस आर्य खुलामा ६, खस आर्य महिलामा २, आदिवासी जनजाति महिलामा २, र अपांगता तथा अल्पसंख्यकमा २ जनाले उम्मेदवारी दिएका छन् । आदिवासी खुलामा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भए ।
क्षेत्र १ (ख) को उपसभापतिमा कुमार परियार, विकास गुरुङ, विष्णुप्रसाद बराल र विष्णुप्रसाद सुवेदी प्रतिस्पर्धी छन् । सचिवमा इन्जिनियर महेश कार्की, किरण अधिकारी, कीर्र्तिवल्लभ त्रिपाठी र राजेश अधिकारी छन् भने सहसचिवमा प्रवीण नेपाली, महेन्द्र गुरुङ र रामकुमारी पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश अधिवेशन प्रतिनिधिका लागि खुलामा १३, खुला महिलामा ५, खस आर्य खुलामा ४, खस आर्य महिलामा २, आदिवासी जनजाति खुलामा २, आदिवासी महिलामा २ र दलितमा ३ जना प्रतिस्पर्धी छन् । अपांगता तथा अल्पसंख्यक कोटामा नारायणप्रसाद बराल सर्वसम्मत निर्वाचित भए ।
क्षेत्र २ (क) को केही पद सर्वसम्मत भएको छ । उपसभापतिमा खडानन्द लामिछाने, चेतबहादुर महत र माधवप्रसाद बराल, सचिवमा टंकप्रसाद भण्डारी, नारायणप्रसाद शर्मा र राजेश गौतम प्रतिस्पर्धी छन् । सहसचिवमा गीता भण्डारी र केशवराज लामिछाने सर्वसम्मत चयन भए । प्रदेश महाधिवेशन प्रतिनिधिका लागि खुलामा १३ जना, आदिवासी जनजाति खुलामा २ र मधेशी वा थारु वा मुश्लिम वा अल्पसंख्यक वा अपांगता कोटामा २ जना उम्मेदवार छन् । प्रत्यक्ष महिलामा दुर्गा केसी, विन्दु कार्की र विष्णुदेवी आचार्य सर्वसम्मत चयन भएका छन् भने खस आर्य महिलामा ऋषिमाया लामिछाने, खस आर्य खुलामा कर्णेल कृष्णबहादुर खत्री र तारानाथ गौतम, दलितमा टीकाराम सुनार र आदिवासी जनजाति महिलामा चीनुकुमारी गुरुङ सर्वसम्मत चयन भएका निर्वाचन अधिकृत रामचन्द्र पौडेल ‘विमल’ ले जानकारी दिए ।
क्षेत्र (ख) उपसभापतिमा बोधराज घिमिरे, सरिता पराजुली र होमबहादुर बानियाँ, सचिवमा श्रीकृष्ण आचार्य, जंगबहादुर हमाल ठकुरी, सुवर्ण केसी र शिरीषकुमार बास्तोला तथा सहसचिवमा नीलम बाटाजु कर्माचार्य, कमलकुमारी केसी र सुरेश खवासले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश प्रतिनिधितर्फ खुलामा १४, महिलामा ६, खस आर्य खुलामा ३ र आदिवासी जनजाति खुलामा २ जनाबीच प्रतिस्पर्धा छ । खस आर्य महिलामा लक्ष्मी केसी कार्की, आदिवासी जनजाति महिलामा टीकाकुमारी गुरुङ, दलितमा विष्णुमाया परियार र मुश्लिमतर्फ अब्दुल मजिद मियाँ सर्वसम्मत रुपमा चयन भए ।
क्षेत्र ३ (क) उपसभापतिमा दिलीप गिरी, धनबहादुर थापा, मोतिलाल तिम्सिना र रामबहादुर घर्ती उम्मेदवार छन् । सचिवमा गंगाबहादुर गुरुङ, प्रकाशचन्द्र सापकोटा, विनोद केसी र सरोजकुमार गुरुङ तथा सहसचिवमा अनिल गुरुङ, तिलकबहादुर खड्का, मीनराज तिमिल्सिना र विष्णुप्रसाद अधिकारीले मनोनयन दर्ता गराएका छन् । प्रदेश अधिवेशन प्रतिनिधिका लागि खुलातर्फ १३ जना, खुला महिलामा ६ जना, खस आर्य खुलामा ४, खस आर्य महिला ३, आदिवासी जनजाति खुला २, आदिवासी जनजाति महिला २ र दलितमा २ जनाको मनोनयन परेको छ । अल्पसंख्यक तथा अपांगता कोटामा बहादुरसिंह गुरुङ निर्विरोध भएका छन् ।
क्षेत्र (ख) उपसभापतिमा पदमबहादुर गुरुङ, पार्वतीदेवी कोइराला, विकास गुरुङ र विनोदबहादुर खड्का उम्मेदवार छन् । सचिवमा उपेन्द्रराज पराजुली, ठाकुर बराल, बाबुराम भण्डारी र शुक्रराज पौडेलले उम्मेदवारी दिए भने सहसचिवमा गोलमाया अधिकारी, चित्रबहादुर गुरुङ र भीममाया सुवेदी प्रतिस्पर्धामा छन् ।
प्रदेश अधिवेशन प्रतिनिधिमा खुलातर्फ १४, महिला ५, खसआर्य महिला २, आदिवासी जनजाति खुला २, आदिवासी जनजाति महिला २ र दलित कोटामा २ जनाकै मनोनयन दर्ता भएको छ । खसआर्य खुलामा गणेशबहादुर भट्टराई र देवेन्द्र केसी तथा अल्पसंख्यक कोटामा चक्रप्रसाद गौचन सर्वसम्मत चयन भएका छन् ।
कांग्रेसको प्रदेश निर्वाचन क्षेत्रबाट सभापतिसहित, उपसभापति, सचिव, सहसचिवमा २/२ जना निर्वाचित हुने छन् । यस्तै प्रदेश अधिवेशन प्रतिनिधिमा क्षेत्रीय प्रतिनिधि आधारमा तलमाथि हुन्छ ।

Related News

सम्बन्धित समाचार

  • मानवअधिकार आयोगसमक्ष द्वन्द्वपीडित समुदायको ज्ञापन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । द्वन्द्वपीडित समुदायले विभिन्न मागसहित मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाएको छ । देशका विभिन्न जिल्लामार्फत न्यायको अधिकारप्रति जिम्मेवारीबोध गर्दै ठोस…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ । दोबिल्लास्थित…
  • गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • स्वदेश फर्किए कतारी अमिर

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा ।  नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्। उनलाई…

hero news full width