क्रिकेटमा स्याङ्जा विजयी

आदर्श समाज सम्वाददाता
मंसिर २, २०७८
Cricket milan

पोखरा।पोखरामा जारी यु–१९ क्षेत्रीय छनौट क्रिकेट प्रतियोगितामा स्याङ्जाले तनहुँमाथि १ सय १० रनको फराकिलो जीत निकालेको छ । म्यान अफ दि म्याच मिलन क्षेत्रीले उत्कृष्ट ब्याटिङ गर्दै १ सय २१ रनको सानदार पारी खेलेपछि जीत सम्भव भएको हो ।

मिलनले आफ्नो पारीमा ९९ बलको सामना गर्दै १२ चौका र ६ छक्का प्रहार गरेका हुन् । टस जितेको तनहुँले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको स्याङ्जाले पूरा ४० ओभरमा ९ विकेट गुमाएर २ सय ५३ रनको विशाल योगफल तयार पा¥यो ।

स्याङ्जाको तर्फबाट सुजन गौतमले २९ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै अभिजित ५३ रन बनाएका थिए । त्यस्तै विष्णु पाण्डेले ३३ रन जोडे । तनहुँका बलर परिक्षित ढकालले २ विकेट लिए ।

जीतका लागि २ सय ५३ रनको लक्ष्य पछ्याएको तनहुँले ३१ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ४३ रन बनाउन सक्यो । तनहुँको तर्फबाट सचिन अधिकारीले ४० तथा उत्सव श्रेष्ठले ३३ रनको योगदान दिए । स्याङ्जाको तर्फबाट टीकाराम गैह्रेले २ किवेट लिए । बिहीबार स्याङ्जा र नवलपुरबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width