क्रिकेटमा नवलपुर विजयी

आदर्श समाज सम्वाददाता
मंसिर १, २०७८

पोखरा । पोखरा रंगशालामा जारी वाईवाई यु–१९, गण्डकी प्रदेश क्षेत्रीय छनौट क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा नवलपुर विजयी भएको छ । नवलपुरले कास्कीलाई मात्र १ विकेटले पराजित गरेको हो ।
नवलपुरले टस जितेर कास्कीलाई व्याटिङको निम्तो दिएपछि कास्कीले ४० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ३६ रन बनायो । कास्कीको तर्फबाट सिविन श्रेष्ठले ३४, सुवास भण्डारीले २७ तथा आयुष सैंजुले २५ रन जोडे । कास्कीलाई सस्तैमा समेट्न नवलपुरका बलहरु सुदीप अर्यालले ३ तथा निश्चल भुषाल, कमल परियार र स्वीकार श्रेष्ठले समान २/२ विकेट लिए ।
प्रत्युत्तरमा १ सय ३७ रनको लक्ष्य पछ्याएको नवलपुलाई जीतका लागि अन्तिम बलसम्म कुर्न पर्‍यो । म्यान अफ द म्याच दीपकप्रसाद डुम्रेले अभिजित ४६ रन जोड्दै टिमलाई जितको बाटो देखाएका हुन् । त्यस्तै भुपेन पुनले २१ रन जोडे । कास्कीका बलर सुवास भण्डारीले ३ विकेट लिंदा किरण पौडेल, नितेस गिरी, अभिषेक थापा र प्रमोद बास्तोलाले समान १ विकेट बाँडे । नवलपुरका दीपक म्यान अफ द म्याच भए ।
नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतमले उनलाई म्यान अफ द म्याच ट्रफी प्रदान गरेका थिए । बुधबार स्याङ्जा र तनहुँबीच प्रतिस्पर्धा हुने आयोजक क्षेत्रीय क्रिकेट संघ गण्डकी प्रदेशले जनायो ।

Related News

सम्बन्धित समाचार

hero news full width