ट्रेकिङ गाइडलाई तालिम

आदर्श समाज सम्वाददाता
कार्तिक ३०, २०७८
3 Sister Photo

पोखरा । थ्री सिस्टर्स एडभेन्चर ट्रेकिङ कम्पनीको आयोजनामा पोखरामा प्राथमिक उपचार तालिम भएको छ ।
कम्पनीले काठमाडौं इन्भारोनमेन्टल एजुकेसन प्रोजेक्ट (किप) को सहकार्यमा पाँचदिने वाइल्डरनेस फ्रस्ट एड कोर्ष सञ्चालन गरेको हो । कात्तिक २५ देखि सुरु तालिम सोमबार सकिएको हो । तालिम समापनमा बोल्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मणिभद्र शर्मा कँडेलले मन्त्रालय सधैं पर्यटन क्षेत्र सँगै रहेको बताए । पर्यटनमा गर्नुपर्ने धेरै भए पनि सीमित स्रोतसाधनले गर्दा ढिला भएको उनको भनाइ थियो । मन्त्रालयले तत्काल पर्यटन मजदुरका लागि राहत प्याकेज र व्यवसायी जीवनरक्षा कोष सुरु गर्न लागेको जानकारी दिए । मन्त्रालयले गर्नुपर्ने काम थ्री सिस्टर्स एडभेन्चरले गरेर मन्त्रालयको भार कम गरेकोमा धन्यवाद दिए ।
सिस्टर्स एडभेन्चरका प्रबन्ध निर्देशक लक्की कार्कीले नेपालको पदयात्रा व्यवसाय मौसममाथि भर पर्ने भएको हुँदा विश्व तापमानको असरले प्रत्यक्ष प्रभावित भएको महसुस गर्नुपरेकाले तालिम आयोजना गरेको बताइन् । तालिमले पदयात्रा, हिमाल आरोहण जस्ता साहसिक व्यवसायहरुमा देखिएको चुनौती चिर्न सहज हुने अपेक्ष गरिन् । तालिमले आपतकालीन घटना तथा दुर्घटनाहरुबाट आफूलाई र आफूसँग गएका सम्पूर्ण टिम सुरक्षित उद्धार गर्न मद्धत पुर्‍याउने उनले बताइन् ।
कार्यक्रममा थ्री सिस्टर्स फाउण्डेसनका फाउन्डर डिकी कार्की, किपका सिइओ आयन वान, नेपाल पर्वतारोहण संघ, गण्डकीका अध्यक्ष शेषकान्त शर्मा, प्रशिक्षक डा. दिलबहादुर गुरुङ र मन कुँवरले सिकेका सीप व्यवहार उतार्न आग्रह गरेका थिए । प्राथमिक उपचार पदयात्रा, हिमाल आरोहणमा मात्र नभएर घर परिवारमा पनि महत्वपूर्ण रहेको उनीहरुको भनाइ थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै