१८ लाखसहित ६ जुवाडे पक्राउ

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७८

पोखरा । पोखराबाट शनिबार ६ जना जुवाडे पक्राउ परेका छन् । पोखरा १२, चापापानीमा जुवा खेलिरहेको अवस्थामा १८ लाख ७५ हजारसहित उनीहरु पक्राउ परेका हुन् ।
चापापानीस्थित नवीन गौचनको घरमा तास खेलिरहेको अवस्थामा शुक्रबार राति २ बजे उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । उनका अनुसार उक्त स्थानमा तास खेलिरहेको सूचना आधारमा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मुस्ताङको थासाङ गाउँपालिका ३ घर भई पोखरा १२, चापापानी बस्ने ३२ वर्षीय नवीन गौचन, पोखरा–१२ फूलबारी बस्ने ४४ वर्षीय काजी गुरुङ, पोखरा १२ माटेपानीका ३८ वर्षीय सूर्य गुरुङ, दैलेखको नौमुले गाउँपालिका ८ घर भइ हाल पोखरा २६, विजयपुर बस्ने ३५ वर्षीय खम्बसिंह राना, कास्कीको मादी गाउँपालिका १० घर भई हाल पोखरा १३, संगमटोल बस्ने ३६ वर्षीय खेमराज गुरुङ र पोखरा–१९ घर भइ हाल पोखरा–१६ दीप बस्ने ३५ वर्षीय श्याम श्रेष्ठ छन् ।
जुवा खेल्नकै लागि उनीहरुले सिसिटिभी जडान गरी संगठितरुपमा जुवा खेल्ने खेलाउने गरेको पाइएको प्रवक्ता हमालले बताए । उनीहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनायो ।

Related News

सम्बन्धित समाचार

hero news full width