मानव मिलनमा दिव्य सत्संग

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०७८
nepal kesari

पोखरा । मानव मिलन संस्था, पोखरामा दिव्य सत्संग समारोह भएको छ ।
संस्थाका संस्थापक नेपालकेसरी डा. मणिभद्र मुनि महाराजको सानिध्यमा पोखरा–७ स्थित जैन स्थानक भवनमा सो सत्संग समारोह भएको हो ।
समारोहमा विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय महासचिव अस्मिता भण्डारी प्रमुख आतिथ्य थियो । कार्यक्रममा विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय सम्मेलन र सनातन हिन्दु राष्ट्र नेपाल निर्माण अभियानका विषयमा चर्चा गरिएको थियो ।
मानव मिलन संस्था, पोखराका अध्यक्ष गुप्तप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मानव मिलन संस्था अन्तर्राष्ट्रिय महिला सचिव सावित्री शर्माले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width