बाबुको हत्या गर्ने २० वर्षपछि पक्राउ

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७८
Babuko hatya

लमजुङ । बाबुको हत्या अभियोगमा एक व्यक्ति २० वर्षपछि पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान भएका छन् । पक्राउ पर्नेमा राइनास ४ का ४१ वर्षीय चन्द्रप्रसाद पराजुली हुन् । गत कात्तिक २२ गत पक्राउ परेका उनलाई जिल्ला अदालतको आदेशले शुक्रबार पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।
२०५८ साल मंसिर १ गते चन्द्रप्रसादले ५५ वर्षीय आफ्नै बुबा खगेश्वर पराजुलीलाई बञ्चरोको पासोले प्रहार गरी हत्या गरेर आफ्नै घरको गोबर ग्यासको सेफ्टी ट्यांकीमा लुकाइ फरार थिए । चन्द्रप्रसादलाई आफ्नै घर वतनमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी ल्याएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width