Worldlink ads

५० लाख ठगीको आरोपमा भारतीय पक्राउ

रासस
कार्तिक २५, २०७८
indian Arrest

काठमाडौं । विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी रु ५० लाख ठगी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई काठमाडौँबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत तामिलनाडु घर भई हाल काठमाडौँको बालुवाटार बस्ने ४४ वर्षीय शिवम विरुमुथु चेटियार रहेका महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । उनले पोखराको मणिपाल अस्पताल खरिद गर्न भारतीय शेयर होल्डरसँग कुराकानी भई सम्झौता गर्न सम्झौतापत्र तयार भइरहेको भनी झुठो कागजात तयार पारी विभिन्न व्यक्तिलाई अस्पतालमा पार्टनरसिपको प्रलोभन देखाइ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ । उनले लोभलालच देखाएर विभिन्न व्यक्तिको स्वामित्वमा रहेको जमिनको लालपूर्जासमेत नियन्त्रणमा लिई कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ । उनले आइसीआरसीको चिकित्सक भएको भनेर नक्कली परिचयपत्रसमेत बनाएको पाइएको छ ।

सरकारका उच्च अधिकारीसँग सम्बन्ध कायम रहेको देखाउने र विभिन्न व्यक्तिका नागरिकतामार्फत बैंक खाता सञ्चालन गरी ठगी गर्ने गरेको भन्ने सूचनाका आधारमा महाशाखाले उनीमाथि अनुसन्धान थालेको थियो । काठमाडौँको बालुवाटारबाट पक्राउ परेका उनले अहिलेसम्म रु ५० लाख ठगी गरेको खुल्न आएको र अन्य व्यक्तिकोसमेत ठगी गरेको देखिएको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ ।

थप अनुसन्धान तथा कारवाहीका लागि उनलाई आजै महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको छ । उनी यसअघि विसं २०७२ मा वैदेशिक रोजगारीसम्बन्धी कसुरमा डिल्ली बजार कारागारमा दुई वर्ष कैद तथा रु तीन लाख ५० हजार जरिवाना तिरेका व्यक्ति भएको पाइएको छ ।

Related News

सम्बन्धित समाचार

    • आदर्श समाज सम्वाददाता पौष ३०, २०७८
      वीरगञ्ज ।  यही पुस २२ गते पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा मृतावस्थामा फेला परेका रिक्सा चालक…
    • लागु औषधसहित १९ वर्षे युवा पक्राउ

      आदर्श समाज सम्वाददाता पौष ३०, २०७८
      पोखरा । कास्की प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखराको न्यूरोडका १९ वर्षीय रोहित बिक…
    • चक्कू प्रहारबाट १६ महिने बालकको मृत्यु, दिदी घाइते

      आदर्श समाज सम्वाददाता पौष २८, २०७८
      स्याङ्जा, २८ पुस । स्याङ्जामा चक्कू प्रहारबाट एकाघरका भाइको मृत्यु भएको छ भने दिदी घाइते छिन् । वालिङ नगरपालिका वडा…
    • बैंककै कर्मचारीको मिलेमतोमा १६ लाख चोरी

      रासस पौष २३, २०७८
      काठमाडौं । कर्मचारीकै मिलेमतोमा एनआइसी एसिया बैंकको लाखौँ रुपैयाँ चोरी भएको पाइएको छ । महानगरीय प्रहरी परिसरका अनुसार उक्त बैंकको…
    • पोर्चुगल पठाइदिन्छु भनी रु ४० लाख ठगी गर्ने २ पक्राउ

      रासस पौष २२, २०७८
      काठमाडौं । नेपाल प्रहरीले कामदार भिसामा पोर्चुगल पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग रु ४० लाख ठगी गर्ने दुई जनालाई पक्राउ गरेको…

    hero news full width