चित्रकलाको फेसन फ्युजन

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७८
Fashion fusion news 2

पोखरा । पोखराको मौसम चिस्सिदै गर्दा सिर्जनाचोकस्थित रवि महलमा माहोल न्यानो हुँदै थियो । कोरोना संक्रमण घट्दै गएर नाट्य प्रशिक्षण तथा सिनेमाघर खुल्दै गर्दा त्यसैमा थपियो चित्रकला र फेसनको संयुक्त प्रदर्शनी ।
आफूले कोरेका चित्र लिएर कलाकार ¥याम्पमा उत्रिएका थिए । मंगलबार पर्फमेन्स आर्टको रुपमा आयोजित कार्यक्रममा कलाकारले शारीरिक हाउभाउ, आकर्षक पहिरन र आफैंले कोरेका चित्र लिएर दर्शकको ध्यान तानेका थिए । सो प्रदर्शनी नै पोखरामा आयोजित पहिलो संयुक्त पर्फमेन्स आर्ट हो ।
बुद्धिज एटलियर र आइडब्लुएस हेमकान्ति आर्ट ग्यालरी पोखराको संयुक्त आयोजनमा सम्पन्न ‘नो गट्स, नो स्टोरी’ नामक चित्रकला तथा फेसन प्रदर्शनीमा १५ कलाकारले भाग लिएका थिए । सो कार्यक्रमको निर्देशन हेमकान्ति गुरुङले गरेकी थिइन् भने संगीत निर्देशन रोहित रञ्जितले गरेका थिए ।
यस्तै, ज्योति गुरुङ, तमन्ना गुरुङ, रजनी सिंखवाल, निरुपा गुरुङ, अलोन तामाङ, अर्जुन राई, सृष्टि गुरुङ, शारदा नेपाली, सुमित गुरुङ, सुहानी आले, विशाल गुरुङ, नीकिता पुन, स्नेहा गिरी, इभाना सुनार र तृष्टेन गुरुङले पर्फेन्स आर्ट देखाएका थिए ।
कार्यक्रम उद्घाटन साहित्यकार सरुभक्त, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची, पोखरा महानगर प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोती भुजेल लगायतले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • र्‍याम्पमा नीति शाह

    आदर्श समाज सम्वाददाता पौष २५, २०७८
    पोखरा । पोखरामा आयोजित मन गुरुङ एटाएर फेसन नाइटमा सुपर मोडल नीति शाह र्‍याम्प वाक गरेकी छन् । एसटी क्रियसन…
  • सुमिनाले चुमिन मिस तनहुँकाे उपाधि

    आदर्श समाज सम्वाददाता फागुन १५, २०७७
    दमौली । सुमिना गुरुङले ‘मिस तनहुँ २०२१’ को ताज पहिरिन सफल भएकी छन् । शनिबार मिस तनहुँको पाँचौं संस्करण–२०२१ मा ९…

hero news full width