Worldlink ads

लागु औषधसहित २ पक्राउ

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०७८
Police Drugs Photo

पोखरा । पोखरामा लागु औषधसहित २ महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका ७ घर भई हाल पोखरा ९ बस्ने ३१ वर्षीया प्रेमा गुरुङ र गुल्मीको मालिका गाउँपालिका २ घर भई हाल प्रेमाकै डेरामा बस्दै आएकी ३१ वर्षीया कोपिला अर्याल हुन् ।
अवैध लागु औषध बोकेर हिंडिरहेका उनीहरुलाई मंगलबार पोखरा–८, सिमलचौरबाट पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) सुवास हमालले जानकारी दिए । उनीहरुको साथबाट डाइजेपाम ७४ एम्पुल, बु्रफिनुर्फिन ७० एम्पुल, फेनरागन ७२ एम्पुल गरी कुल २ सय १६ एम्पुल लागु औषध बरामद गरिएको प्रवक्ता हमालले बताए ।
पक्राउ परेकालाई लागु औषधसम्बन्धी मुद्दामा ८ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    • अवैध धुपीसहित ४ पक्राउ

      आदर्श समाज सम्वाददाता मंसिर १५, २०७८
      लमजुङ । लमजुङ प्रहरीले ७ सय ८ केजी अबैध धुपीसहित ४ जनालाई पक्राउ गरेको छ । मनाङबाट काठमाडौंतर्फ धुपी बोकेर…
    • बस दुर्घटनामा चालकको मृत्यु, ९ घाइते

      आदर्श समाज सम्वाददाता मंसिर १४, २०७८
      पोखरा, १४ मंसिर । भूपि शेरचन राजमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिकामा रात्रि बस दुर्घटना भएको छ । दुर्घटनामा बस चालकको मृत्यु…
    • देवरको हत्या आरोपमा भाउजू पक्राउ

      रासस मंसिर ११, २०७८
      सल्यान । आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको शारदा नगरपालिका–५ का ३० वर्षीय…
    • झण्डै २ लाख अमेरिकी डलरसहित नेपाली पक्राउ

      आदर्श समाज सम्वाददाता मंसिर ११, २०७८
      पोखरा, ११ मंसिर । कास्की प्रहरीले स्रोत नखुलेको १ लाख ९४ हजार २ सय अमेरिकी डलरसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको…
    • १८ लाखसहित ६ जुवाडे पक्राउ

      आदर्श समाज सम्वाददाता कार्तिक २८, २०७८
      पोखरा । पोखराबाट शनिबार ६ जना जुवाडे पक्राउ परेका छन् । पोखरा १२, चापापानीमा जुवा खेलिरहेको अवस्थामा १८ लाख ७५…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग