बलात्कार आरोपित ३ पक्राउ

आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०७८
arrest~

म्याग्दी । बेनी ५, पुलाचौरमा भएको सामूहिक बलात्कार घटनाका फरार आरोपित ३ जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा पुलाचौरका १८ वर्षीय प्रवेश रामदाम, २२ वर्षीय प्रकाश रामदाम र २४ वर्षीय हितमेन बानियाँ छन् । १ जनालाई आइतबार रुपन्देहीबाट र २ जनालाई पोखराबाट पक्राउ गरी बेनी ल्याइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए ।

गत कात्तिक २ गते राति भएको बलात्कार घटनामा पीडितले ४ दिनपछि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । राति सुतिरहेको अवस्थामा ढोका फोडेर छिरेका ३ जनाले डरधम्की देखाएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

hero news full width