पोखरा। बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन्। सोमबार प्रदेशसभामा भएको मतदानमा पाण्डेको पक्षमा ५९ जना सांसदले विश्वासको मत दिएका हुन्। उनको विपक्षमा भने ४३ मत परेको छ। २ सांसद भने तटस्थ बसेका थिए।
पाण्डेले प्राप्त गरेको मत आवश्यक संख्याभन्दा बढी भएकाले विश्वासको मत प्राप्त गरेको सभामुख सानुकुमार श्रेष्ठले घोषणा गरे। विश्वासको मतका लागि कम्तीमा ५५ जना सदस्यको समर्थन चाहिन्छ। बागमतीमा हाल १०९ प्रदेशसभा सदस्य छन्।
सोमबार भएको मतदनमा १०४ जना सांसद उपस्थित भएका थिए। गठबन्धनका तर्फबाट सरकारमा सहभागी भएका उनलाई नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र), र नेपाली कांग्रेसका सांसदहरूले मतदान गरेका हुन्।
नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता पाण्डे कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोहीअनुसार उनले विश्वासको मत लिएका हुन्।
Related News
सम्बन्धित समाचार
एन्फा कास्की अध्यक्ष उज्ज्वल रञ्जितलाई पितृशोक
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
अनलाइन पत्रकार संघ गण्डकीमा गणेश बराल
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
माइनस डिग्रीमा माछा उत्पादन
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९