मंगलबजारमा ग्यास सिलिण्डर बिस्फोट, एकै घरका ४ को मृत्यु, २ घाइते

आदर्श समाज सम्वाददाता
कार्तिक २०, २०७८
fire-patan

पोखरा।  ललिपुरको मंगलबजारमा खाना पकाउने ग्यास सिलिन्डर बिस्फोट हुँदा चारजनाको ज्यान गएको छ ।

शुक्रबार साँझ म्हः पूजाको तयारी भइरहेका बेला मंगलबजारको साँघुरो गल्ली ललितपुर महानगर–१२ चक्रबहिलमा रहेको घरको तेस्रो तलमा ग्यास सिलिन्डर बिस्फोट भइ आगलागी भएको प्रहरीले जनाएको छ । दियोबाट पर्दामा सरेकाे आगो फैलिंदा घटना भएको हो ।

ललितपुरका प्रहरी प्रमुख किरण बज्राचार्यका अनुसार चारजनाको शव निकालिएको र घटनामा घाइते भएका दुईजनालाई उपचारका लागि पाटन अस्पताल लगिएको छ ।

घटनामा म्हः पूजाका लागि आएका पाहुना पनि परेको हुन सक्ने प्रहरी प्रमुख बज्राचार्यले बताइन् । मृत्यु हुनेमा ६५ वर्षका लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अञ्जना ताम्राकार, बुहारी रत्ना ताम्राकार र नाति रहेको प्रहरीले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width