कास्की । नेपाल संवत्का प्रणेता एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाःको शालिक पोखरामा अनावरण गरिएको छ ।
पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सङ्गठन विभाग प्रमुख गोपालमान श्रेष्ठले पोखरा महानगरपालिका–३ नदीपुरस्थित नारायणस्थान मन्दिर परिसरमा साख्वाको पूर्णकदको शालिक आज अनावरण गर्नुभयो ।
वीरेन्द्र स्मृति पार्क संरक्षण समितिले शालिक स्थापना गरेको हो । नेपाल संवत् १४४२ को सुभारम्भका अवसरमा शालिक अनावरण गरिएको हो । समितिका अध्यक्ष वसन्तलाल कतिलाले पलेँटी कसेर बसेको बुद्ध आकृतिमा साख्वाःको पूर्णकदको मूर्ति राखिएको बताउनुभयो । मूर्ति बनाउन र जडानका लागि रु छ लाख खर्च भएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा पूर्वउपप्रधानमन्त्री श्रेष्ठले गरीब जनताको ऋणमुक्त गर्ने साख्वाःको योगदानको कदर गर्दै सरकारले राष्ट्रिय विभूतिका रुपमा सम्मान गरेको बताउनुभयो । समाज रुपान्तरणमा साख्वाःको योगदान र विचार सबैका लागि अनुकरणीय र प्रेरणदायी बन्ने बताउँदै उहाँले भन्नुभयो, “साख्वा हाम्रा लागि अनुकरणीय व्यक्तित्व हुनुहुन्छ । सामाजिक कार्यमा उहाँको योगदान अतुलनीय छ, व्यावसायिक जीवनको सफल व्यक्तिले सामाजिक दायित्व पनि आत्मसात गर्नुपर्दछ भन्ने सन्देश हामीले उहाँबाट पाएका छौँ ।”
गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले साख्वाको शालिक स्थापनाले पोखराको गौरव बढाएको बताउनुभयो । कार्यक्रममा नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखे, पोखरा महानगर–३ का वडाध्यक्ष रवीन्द्रबहादुर प्रजु लगायतले पार्क क्षेत्रको विकासका लागि थप काम गर्नुपर्ने बताउनुभयो । रासस
Related News
सम्बन्धित समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
hero news full width
मुख्य समाचार
नागरिकता विधेयक फिर्तापछि तरंग
गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९