Worldlink ads

  पाँच कस्तुरी र एउटा फ्याउरो मृत फेला   

आदर्श समाज सम्वाददाता
कार्तिक १९, २०७८

म्याग्दी । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ लुप्रामा पाँच वटा कस्तुरी र एउटा फ्याउरो मृत फेला परेका छन् । वन गस्तीमा गएको प्रहरी, वन डिभिजन र संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले लुप्रा गाउँको खम्पा क्याम्प नजिकैको निच्जा जङ्गलमा पासो थापेर मारिएको मृग र फ्याउरो फेला पारेको हो ।

प्रहरी निरीक्षक आशिष अधिकारीले दुई दिन गस्ती गर्दा एउटा भाले कस्तुरी जिउँदो, दुई भाले, दुई पोथी कस्तुरी मृग र एउटा फ्याउरो मृत भेटिएको जानकारी दिनुभयो । “पासोमा परेको जिउँदो भाले कस्तुरी मृग जङ्गलमै छोडेर आएका छौँ”, उहाँले भन्नुभयो, “तस्करले बनाएको १४१ थान पासोसमेत बरामद भएको छ ।”

अखेटोपहार तस्करी गर्नका लागि वन्यजन्तुलाई पासो थापेर मारिएको हुनसक्ने प्रहरीको अनुमान छ । पहिलो दिन १२ किलोग्राम तौल भएको एउटा भाले, १२ किलोग्राम २८० ग्राम तौल भएको दुई वटा पोथी कस्तुरी र पाँच किलो ३५० किलोग्राम तौल भएको भाले फ्याउरो मृतावस्थामा भेटिएको थियो । दोस्रो दिन १३÷१३ किलोग्राम तौल भएको मृत र जिउँदो एक÷एक वटा मरेको भाले कस्तुरी भेटिएको थियो । भाले कस्तुरीको नाभी जडीबुटीका रूपमा धेरै मूल्यमा बिक्री हुने गर्छ । पोथी कस्तुरी मृगको नाभी हुँदैन् । नाभीका लागि भाले कस्तुरीको अवैध शिकार हुने गर्छ । नाभी काटेर लगिएका भाले कस्तुरी सडेगलेको अवस्थामा थियो ।

पासोसहित मृतावस्थामा भेटिएका वन्यजन्तु व्यवस्थापनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को इलाका संरक्षण कार्यालय जोमसोममा बुझाइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । चोरी शिकारी गर्ने समूहको खोजी तीव्र बनाइएको उहाँले बताउनुभयो ।  रासस
–––

Related News

सम्बन्धित समाचार

    • अवैध धुपीसहित ४ पक्राउ

      आदर्श समाज सम्वाददाता मंसिर १५, २०७८
      लमजुङ । लमजुङ प्रहरीले ७ सय ८ केजी अबैध धुपीसहित ४ जनालाई पक्राउ गरेको छ । मनाङबाट काठमाडौंतर्फ धुपी बोकेर…
    • बस दुर्घटनामा चालकको मृत्यु, ९ घाइते

      आदर्श समाज सम्वाददाता मंसिर १४, २०७८
      पोखरा, १४ मंसिर । भूपि शेरचन राजमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिकामा रात्रि बस दुर्घटना भएको छ । दुर्घटनामा बस चालकको मृत्यु…
    • देवरको हत्या आरोपमा भाउजू पक्राउ

      रासस मंसिर ११, २०७८
      सल्यान । आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको शारदा नगरपालिका–५ का ३० वर्षीय…
    • झण्डै २ लाख अमेरिकी डलरसहित नेपाली पक्राउ

      आदर्श समाज सम्वाददाता मंसिर ११, २०७८
      पोखरा, ११ मंसिर । कास्की प्रहरीले स्रोत नखुलेको १ लाख ९४ हजार २ सय अमेरिकी डलरसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको…
    • १८ लाखसहित ६ जुवाडे पक्राउ

      आदर्श समाज सम्वाददाता कार्तिक २८, २०७८
      पोखरा । पोखराबाट शनिबार ६ जना जुवाडे पक्राउ परेका छन् । पोखरा १२, चापापानीमा जुवा खेलिरहेको अवस्थामा १८ लाख ७५…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग