गाडी दुर्घटनामा दुईको मृत्यु  

आदर्श समाज सम्वाददाता
कार्तिक १९, २०७८
accident

जाजरकोट । बिहीबार बेलुकी ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने  सात जना घाइते भएका छन् ।

एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

दश जना यात्रु रहेकाे उक्त गाडीमा ठेगाना नखुलेको दिलबहादुर शाही, नाम नखुलेको एक शव र एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

घाइतेमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन् । घाइते धनबहादुर चालक रहेका छन् । राति भएका कारण अझै ठेगाना नखुलेको र फोन सम्पर्क हुनसमेत मुस्किल भएको प्रहरीले जनाएको छ ।  रासस

Related News

सम्बन्धित समाचार

hero news full width