खेलप्रेमीको रोजाइमा ‘क्यानोनिङ’

रासस
कार्तिक १६, २०७८
Canoning

पोखरा । पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढेसँगै क्यानोनिङ गर्ने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढ्न थालेको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मा रहेको झरनामा क्यानोनिङ गर्ने बढ्न थालेको सञ्चालक राम गुरुङले जानकारी दिनुभयो । “दसैं–तिहारको बिदामा पोखरा घुम्न आउने साहसिक खेलप्रेमी पर्यटकले क्यानोनिङप्रति राम्रो रुचि देखाउनु भएको छ, अहिले दैनिकजसो १५÷२० जना आउनुहुन्छ”, उहाँले लामो समय कोरोनाका कारण बन्द रहेको क्यानोनिङ सञ्चालनमा आएसँगै खेलको मज्जा लिनेको सङ्ख्या पनि बढ्दै गएको बताउनुभयो ।

कोरोनाका कारण एउटै दिनचर्यामा समय व्यतित गरिरहेका अधिकांशले क्यानोनिङ गर्दा आनन्द अनुभव गरेर फर्कने गरेको सञ्चालक गुरुङले सुनाउनुभयो ।

क्यानोनिङ चट्टानको पहारामा डोरीको सहायताले ‘वेट सुट’ लगाएर पानीको छहरा छाँगाबाट चिप्लिँदै, हाम फाल्दै झर्ने एक प्रकारको साहसिक खेल हो ।

दसैं–तिहारको समयमा क्यानोनिङका लागि आफ्ना साथीहरुसहित कुदी छहरा पुग्नुभएकी पोखराकी दीपा पौडेलले प्राकृतिक छहरामा रमाउन पाउँदा डरभित्र नै आनन्दको महसुस गरेको अनुभव सुनाउनुभयो । “सुरुमा त पानीको छहराको दवाब, अनि चट्टानमा खुट्टा चिप्लिँदा डर पनि लाग्यो, बिस्तारै गाइडहरुले भने जस्तै डोरीको सहायताले झर्दै जाँदा भने निकै आनन्द अनुभूति भयो ।” उहाँले क्यानोनिङपश्चात् मानसिक र शारीरिक स्फुर्ति पाएको अनुभव सुनाउनुभयो । पौडेलले साहसिक खेल भएकाले आफूभित्रको डरलाई हटाएर आत्मविश्वास जगाउन पनि यस्ता गतिविधि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँसँगै क्यानोनिङ गर्नुभएकी पोखराकी सौन्दयकर्मी रचना अधिकारीले पनि पहिलोपटक क्यानोनिङ गर्दा निकै आनन्द र रमाइलो अनुभव गरेको सुनाउनुभयो ।

“मलाई प्राकृतिक कुरामा रमाउन निकै मन पर्छ, यो ठाउँ पनि निकै शान्त रहेछ । चराचुरुङ्गीको चिरबिर आवाजसँगै कलकल बगेको छहरामा डोरीको सहायताले झुण्डिएर पानीमा भिज्नुको मज्जा नै बेग्लै, मलाई निकै आनन्द लाग्यो ।” अधिकारीले पनि आफूभित्रको डर हटाउन र मानसिक स्फुर्तिका लागि क्यानोनिङ गर्दा राम्रो हुने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चालक गुरुङका अनुसार पहिलोपटक क्यानोनिङ गर्न चाहनेहरुका लागि प्रारम्भिक रुपमा डेमो देखाउने, सिकाउने मानसिक रुपमा तयार गर्ने व्यवस्था गरिएको छ । त्यसका लागि गाइडहरुले नै सबै परामर्शसहित डेमो देखाउँछन् । आकस्मिक उद्धारका लागि पनि गाइडहरु तैनाथ रहन्छ । एक पटकमा १४ जनाका लागि क्यानोनिङ गर्ने उपकरणहरु उपलब्ध रहेको गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीसँग एकचोटिमा १४ जनालाई पुग्ने आवश्यक सामग्री मात्र छ । क्यानोनिङ गर्दा चिप्लिने, हामफाल्ने, पौडिने र झर्ने जस्ता गतिविधि हुने भएकाले यो जोखिमपूर्ण पनि मानिन्छ ।” उहाँले साहसिक खेलका लागि क्यानोनरलाई हेलमेट, हार्नेस, वेटसुट, डोरी, जुत्ता लगायनका सामग्रीको प्रबन्ध गरिने बताउनुभयो । पछिल्लो समय शनिबार र बिदाको दिन क्यानोनिङ र छहरा हेर्न आउनेको सङ्ख्या पनि निकै बढेको उहाँको भनाइ छ । कुदी छहरामा क्यानोनिङका लागि दुईवटा ७५ र ४५ मिटर अग्ला सुन्दर झरना छन् । झरनाको सुन्दर दृश्य हेर्ने र टिकटक बनाउनेहरु त्यहाँ पुग्ने गरेका छन् ।

पोखरामा क्यानोनिङ सन् २०१४ बाट सञ्चालनमा आएको हो । पोखराको हरिचोकबाट करिब २२ किलोमिटरको दूरीमा रहेको ल्वाङघलेल गाउँको मुनि कुदी छहरा रहेको छ । क्यानोनिङका लागि तीन तहका प्याकेज छन्, क्यानोनिङ मात्र, ‘डे ट्रिप’ र ‘ओभर नाइट ट्रिप’ गरेर रु दुई हजार ४०० देखि रु चार हजार ९०० सम्म शुल्क तोकिएको छ । साहसिक खेलमा रुचि राख्ने जो शारीरिक र मानसिक रुपमा तयार छन् उनीहरुलाई ‘बिगीनर’ र ‘प्रोफेसनल’ गरेर छुट्याइन्छ र झरनामा रम्ने वातावरण तयार गरिन्छ ।

Related News

सम्बन्धित समाचार

  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…

hero news full width