सरुभक्तलाई ‘मुक्तक सागर’ सम्मान

आदर्श समाज सम्वाददाता
कार्तिक १५, २०७८
sarubhaktas

पोखरा । ‘मुक्तक सागर सम्मान’ प्रसिद्ध साहित्यकार तथा प्राज्ञ सरूभक्तलाई अर्पण गरिएको छ । मुक्तकको उत्थान र विकासमा क्रियाशील मुक्तक मञ्च केन्द्रीय समिति पोखरा र मुक्तक सागर त्रैमासिक पत्रिकाले संयुक्तरुपमा पोखरामा शनिबार आयोजित कार्यक्रममा सरूभक्तलाई ‘मुक्तक सागर सम्मान’ अर्पण गरेको हो । मुक्तकसागरका तर्फबाट पत्रिकाकी सम्पादक निशा केसीले उक्त सम्मान अर्पण गरेकी थिइन् ।
सम्मानित स्रष्टा तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले मुक्तकसम्बन्धी विस्तृत विमर्श गर्ने समय आइसकेको उल्लेख गरे । प्राज्ञ सरुभक्तले मुक्तकको उन्नयन र विकासमा मुक्तकसागर साहित्यिक त्रैमासिक पत्रिकाले निरन्तर खेलेको भूमिकाको चर्चा गरे ।
पोखरेली कवि रमेश श्रेष्ठले सम्मानित व्यक्तित्व सरुभक्तको मुक्तक र साहित्यिक योगदानबारे प्रकाश पारेका थिए । कार्यक्रममा पोखरा महानगर प्राज्ञ सरस्वती श्रेष्ठ ‘सरु’ र मञ्चका सल्लाहकार तथा साहित्यकार दीपक समीपले बोलेका थिए ।
मुक्तक विमर्श तथा स्रष्टा सम्मान कार्यक्रममा अल्पविराम, वसन्त गौतम, ईश्वरमणि अधिकारी, भूमिराज बस्ताकोटी, दीपक समीप, रुपिन्द्र प्रभावी, शीतल गिरी, कपिल शर्मा, गीता तिवारी, अम्बिका भण्डारी, कृष्ण सुवेदी, सरोज पौडेल, अमृता पोखरेल, शंकर ज्ञवली लगायत दर्जन बढी पोखरेली मुक्तककारले मुक्तक सुनाए ।
कार्यक्रमको अध्यक्षता संयुक्त रुपमा मुक्तक मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्य र सम्पादक निशा केसीले गरेका थिए भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रकाश अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width