ग्रामीण पर्यटन आजको आवश्यकता

ग्रामीण पर्यटन प्रवद्र्धन तथा पत्रकार क्षमता अभिवृद्धि’ विषयक अन्तक्र्रिया

आदर्श समाज सम्वाददाता
कार्तिक १४, २०७८
Fonij Sirubari Photo

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा स्याङ्जाको आँधीखोला गाउँपालिका १, सिरुबारीमा ‘ग्रामीण पर्यटन प्रवद्र्धन तथा पत्रकार क्षमता अभिवृद्धि’ विषयक अन्तक्र्रिया भएको छ । शनिबार विभिन्न सेसनमा भएको अन्तक्र्रियाका वक्ताले ग्रामीण पर्यटन विकासमा सञ्चारमाध्यमका भूमिका महत्वपूर्ण रहेको औंल्याए ।
उद्घाटन सत्रमा गण्डकी प्रदेश कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले कोरोनाले सुस्ताएको पर्यटक चलायमान बनाउन आमसञ्चारको ठूलो भूमिका रहेको बताए । नेपालीले ग्रामीण पर्यटनको जग बसाल्ने ऐतिहासिक काम सिरूबारीबाट भएको बताउँदै स्वर्गीय रूद्रमान गुरूङको अविस्मरणीय योगदान रहेको उनले बताए । सिरुबारीले आफ्नो शाख जोगाउनका लागि अर्गानिक खाना र संस्कृतिमा ध्यान दिन सुझाव दिए । फोनिज गण्डकीले गाउँ पर्यटनमा उल्लेखनीय काम गरेको उनको भनाइ थियो ।
मिडिया विधेयकको विषयमा पत्रकारहरुसँगै छलफल गरेर अघि बढ्ने उनको भनाइ थियो । ‘मिडियाको क्षेत्रमा केकस्ता नयाँ काम गर्न सकिन्छ, सबैको सल्लाह सुझाव लिएर नै अघि बढ्ने हो,’ मन्त्री थापाले भने, ‘मिडियाको क्षेत्रमा केही नयाँ गर्ने सोच छ । सबैसँग छलफल भइरहेको छ ।’ मन्त्री थापाले सिरुबारीको विकासका निम्ति आफ्नो मन्त्रालयले र व्यक्तिगत रुपमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
फोनिज गण्डकीका इन्चार्ज हुम गुरुङले आफ्नोपन, पहिचान, सभ्यताले सिरुबारीलाई चिनाएको हुँदा अरु होमस्टेले पनि सिकेर उन्नती गरेको बताए । उनले पर्यटन र पत्रकार पर्यायवाची शब्द भएका कारण सँगसँगै हातेमालो गरेर अघि बढ्नुपर्ने धारणा राखे । कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयका उपसचिव हिमालचन्द्र अर्यालले आन्तरिक पर्यटक बढाउने खालका कार्यक्रम फोनिजसँग मिलेर गर्न पाउँदा खुसी लागेको बताए । आगामी दिनमा पनि यस्ता अन्य कार्यक्रमहरुमा सहकार्य गर्ने उनको भनाइ थियो । वडाध्यक्ष लोकप्रसाद ढकालले होमस्टेका लागि सकेको सहयोग गरिरहेको जनाए । अझै पनि भनेजस्तो नभएका कारण राम्रो गर्ने प्रयास जारी रहेको अध्यक्ष ढकालले बताए । कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष श्रीकृष्ण सिग्देलले पछिल्लो समय पत्रकारहरुको क्षमता अभिवृद्धिसँगै आधारभूत तालिमको पनि आवश्यकता रहेको बताए । यसमा पत्रकारसँग सम्बन्धित सबैले ध्यान दिनुपर्ने उनले जनाए ।
अन्तत्र्रिmयाको पहिलो सेसनमा ‘पत्रकार पेसागत क्षमता अभिवृद्धि’ विषयमा फोनिज गण्डकीका इन्चार्ज पत्रकार हुम गुरुङले कार्यपत्र प्रस्तुत गरेका थिए । दोस्रो सेसनमा कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयका निमित्त सचिव काशीराम गैह्रेले गत वर्ष भएका कार्यक्रम र यो वर्षका योजना र कार्यक्रमबारे आफ्नो प्रस्तुतिमार्फत् पत्रकारलाई प्रष्ट पारे । अन्तिम सेसनमा ‘ग्रामीण पर्यटनको पाठशाला’ विषयमा पर्यटनविद् हरिसिंह गुरुङको कार्यपत्रमाथि अन्तक्र्रिया गरिएको थियो ।
कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयको आर्थिक सहयोगमा भएको कार्यक्रममा फोनिज गण्डकी अध्यक्ष एमबी आस्थाले पर्यटन प्रवद्र्धनमा पत्रकारले सधैं साथ दिने बताए । महासचिव रुद्र श्रीषमगरले फोनिजले पर्यटन प्रवद्र्धनमा फोनिजले अझै उत्कृष्ट कार्यक्रम ल्याउने जनाए । फोनिज गण्डकीका उपाध्यक्ष दिल श्रीषमगरले आदिवासी जनजाति पत्रकार उत्पादनमा जोड दिए । नयाँ पत्रकार जन्माउन र भएका पत्रकार जोगाउनु पछिल्लो समय चुनौतीको विषय रहेको उनको भनाइ थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width