एनसेललाई वल्र्ड कम्युनिकेसन अवार्ड

आदर्श समाज सम्वाददाता
कार्तिक १२, २०७८
ncell

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रतिष्ठित ‘वल्र्ड कम्युनिकेसन अवार्ड २०२१’ को २ विधा ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ मा पुरस्कार जित्न सफल भएको छ । कात्तिक ९मा आयोजना भएको टोटल टेलिकम कंग्रेसको एक कार्यक्रममाझ अवार्ड विजेताको घोषणा भएको थियो ।
सन् १९९९ मा सुरु भएको वल्र्ड कम्युनिकेसन अवार्डले विश्वभरको टेलिकम बजारमा भएको नवीन विकास र उत्कृष्टता आधारमा विभिन्न कम्पनीलाई सम्मानित गर्दछ । यी २ सम्मानले एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत समाजमा पुर्‍याएको योगदान र क्राइसिस रेस्पोन्स अर्थात विपद प्रतिकार्यअन्तर्गत कोभिड महामारी, बाढी र भुकम्प जस्ता विभिन्न विपद तथा संकटको समयमा गरेका योगदानको सराहना गर्दछ ।
स्वास्थ्य, शिक्षा र वातावरणलाई प्रमुख प्राथमिकतामा राख्दै विभिन्न सामाजिक पहलमार्फत समाजको विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै सरकारलाई दिगो लक्ष्य विकास प्राप्तिमा सहयोग पुर्‍याएबापत एनसेललाई ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ प्रदान गरिएको हो । त्यस्तै कोभिड–१९ महामारी, २०७२ को भूकम्प र २०७१ र २०७४ को बाढी जस्ता विपदका समयमा सरकार र समुदायलाई पुर्‍याएको सहयोगको कदर गर्दै ‘क्राइसिस रेस्पोन्स अवार्ड’ प्रदान गरिएको हो । वल्र्ड कम्युनिकेसन अवार्डमा क्राइसिस रेस्पोन्स अवार्डको विधा यसै वर्ष देखि मात्र राखिएको हो र एनसेलले विश्वका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै यो अवार्ड जित्न सफल भएको जनाइएको छ ।
अवार्ड जितेपछि एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङले भने, ‘हाम्रा सबै सफलता र उपलब्धिहरू हामीले आफ्ना लागि बनाएको बलियो जगका कारण सम्भव भएको हो र म यसको सम्पूर्ण श्रेय एनसेलका कर्मचारीहरूलाई दिन्छ ।’
‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ विधाको पुरस्कारका लागि अभरोआ केवल, इण्डोस्याट उरेडू, एनसेल आजियाटा नेपाल, ओरेन्ज गु्रप, पीएलडीटी एण्ड स्मार्ट, र पोलिक्याब इण्डिया गरि ५ कम्पनीहरु सुचिकृत भएका थिए । त्यस्तै एयरटेल युगाण्डा र कमभिभा, एमडक्स, कन्टेन्ट गुरु, एनसेल आजियाटा लिमिटेड, उरेडू, ओपनरिच क्राइसिस रेस्पोन्स अवार्डको लागि सूचिकृत भएका थिए ।
यसैगरी एनसेलले हालैमात्र सम्पन्न ‘एसियाज बेस्ट इम्प्लोएर ब्राण्ड अवार्ड’ को १२ औं संस्करणमा ‘एसियाज बेस्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१’ जितेको थियो । इम्प्लोयर ब्राण्डिङ इन्स्टिच्युट, वल्र्ड एचआरडी कङ्ग्रेस र स्टार अफ द ईण्डष्ट्री गु्रपले एसियामा रहेका विभिन्न कम्पनीहरुलाई मार्केटिङ कम्युनिकेसन्सको माध्यमबाट प्रतिभा आकर्षित गर्न, विकास गर्न र त्यस्ता प्रतिभालाई आफैसँग राख्न सफल कम्पनीहरुलाई सम्मान गर्दछ । साथै एनसेल र डायलग आजियाटाले अन्य पार्टनरहरुका साथ हालैमात्र सस्टेनेबिलिटी लिडरसिपका लागि ‘टीएम फोरम क्याटलिस्ट अवार्ड २०२१’ जित्न सफल भएको थियो । टीएम फोरम क्याटलिस्ट अवार्डले विभिन्न उत्कृष्ट सोलुसन्सहरुको विकास गर्ने विश्वका अग्रणी कम्पनीहरुलाई सम्मान गर्दछ । सस्टेनेबिलिटी लिडरसिप अन्तर्गतको यो सम्मान त्यस्ता प्रोजेक्टहरुलाई दिइन्छ जसले दीगो विकास लक्ष्यहरु प्राप्तिका लागि ठूलो सम्भावना बोकेको हुन्छ ।
गत असोजमा पनि एनसेलले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जिबओ) अवार्ड २०२१’ को २ विधामा पुरस्कार जित्न सफल भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width