Worldlink ads

आफ्नै श्रीमती र छोरीको हत्या

रासस
कार्तिक ९, २०७८
murder_Fotor

मङ्गलबारे । इलामको देउमाई नगरपालिका– ५ बारुङमा एक व्यक्तिले आज श्रीमती र छोरीको हत्या गरेका छन् । स्थानीय ३४ वर्षीय कमल भन्ने पूर्णचन्द्र तामाङले पत्नी सीता र छोरी दीक्षाको हत्या गरेका हुन् ।

एक महिनादेखि धामी बस्दै आएका पूर्णबहादुरले गएराति पहिला श्रीमतीको हत्या गरेपछि छोरीको पनि हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । तामाङले आफ्नो घरमा पालेको कुकरको समेत हत्या गरेका थिए । धामी बस्ने क्रममा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रहरीले अभियुक्तसहित उनका बुबाआमा र दुई दिदीबहिनीलाई पनि नियन्त्रणमा लिएको छ । घटना आज बिहानै भएको र उज्यालो भएपछि स्थानीयवासीले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

    • देवरको हत्या आरोपमा भाउजू पक्राउ

      रासस मंसिर ११, २०७८
      सल्यान । आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको शारदा नगरपालिका–५ का ३० वर्षीय…
    • झण्डै २ लाख अमेरिकी डलरसहित नेपाली पक्राउ

      आदर्श समाज सम्वाददाता मंसिर ११, २०७८
      पोखरा, ११ मंसिर । कास्की प्रहरीले स्रोत नखुलेको १ लाख ९४ हजार २ सय अमेरिकी डलरसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको…
    • १८ लाखसहित ६ जुवाडे पक्राउ

      आदर्श समाज सम्वाददाता कार्तिक २८, २०७८
      पोखरा । पोखराबाट शनिबार ६ जना जुवाडे पक्राउ परेका छन् । पोखरा १२, चापापानीमा जुवा खेलिरहेको अवस्थामा १८ लाख ७५…
    • बाबुको हत्या गर्ने २० वर्षपछि पक्राउ

      आदर्श समाज सम्वाददाता कार्तिक २६, २०७८
      लमजुङ । बाबुको हत्या अभियोगमा एक व्यक्ति २० वर्षपछि पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान भएका छन् । पक्राउ पर्नेमा…
    • ५० लाख ठगीको आरोपमा भारतीय पक्राउ

      रासस कार्तिक २५, २०७८
      काठमाडौं । विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी रु ५० लाख ठगी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई काठमाडौँबाट पक्राउ गरेको छ…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग