Worldlink ads

गलकोटेलाई पोखराका अस्पतालमा छुट

रासस
कार्तिक ९, २०७८
Hospital

बागलुङ । जिल्लाको गलकोट भेगका सर्वसाधारणलाई पोखराका दुई अस्पतालले औषधि र उपचार सेवामा छुटको प्रबन्ध गरेका छन् । फेवासिटी र पश्चिमाञ्चल सामुदायिक अस्पतालले औषधिमा पाँच प्रतिशत र उपचारमा रोगको प्रकृति हेरेर १० देखि २० प्रतिशतसम्म छुट दिन थालेको हो ।

गलकोट समाज पोखराको पहलमा अस्पतालले बिरामीलाई उपचार खर्चमा विशेष छुट दिएका हुन् । समाज र अस्पताल व्यवस्थापकबीच द्विपक्षीय सम्झौता भई गलकोटवासी सर्वसाधारणले सेवा लिन सुरु गरिसकेको समाजका अध्यक्ष खडकबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार छुट सुविधा सधैंका लागि हो । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाबाट उपचारका लागि जाने जो–कोहीले समाजको सिफारिसपत्रका आधारमा अस्पतालमा छुट पाउँछन् । सम्बन्धित स्थानीय तहको बासिन्दा रहेको परिचय खुल्ने कागजात लिएर आएमा सिफारिस दिने गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

“बिरामी जुनसुकै समयमा आए पनि सिफारिसपत्र दिन्छौँ, कुनै शुल्क लाग्दैन”, उहाँले भन्नुभयो, “हामीले यही अस्पतालमा आउनुस् त भन्दैनौँ, तर खोज्दै आउने बिरामीलाई उपचारमा सहजीकरण गर्छौँ ।” गाउँबाट आउने बिरामीले अर्थाभावमा उपचारमा समस्या झेलिरहेको देखेपछि समाजले छुटका लागि पहल लिएको हो । एक्स–रे, प्रयोगशाला सेवालगायतमा पनि बिरामीले छुट पाउँछन् । गरिब तथा विपन्न परिवारका बिरामीले उपचारै गर्न नसक्ने स्थितिमा समाजले आर्थिक सहायताका लागि कोषसमेत खडा गरेको छ । “पैसा नभएर उपचारबाट बञ्चित भएकालाई समाजले नगद सहयोग पनि गर्छ”, अध्यक्ष थापाले भन्नुभयो ।

जटिल स्वास्थ्य समस्या हुँदा यहाँका बिरामी उपचारका लागि पोखरा धाउनुपर्ने बाध्यता छ । उपप्रादेशिक तहमा स्तरवृद्धिको घोषणा गरिएको धवलागिरि अस्पताल जिल्लामै रहे पनि सोहीअनुसारको उपचार सेवा उपलब्ध हुनसकेको छैन । पूर्वाधार, उपकरण र मानव संशाधन अभावमा स्थानीय अस्पतालको सेवा प्रभावकारी हुन नसकेको हो ।

पोखराजस्तो ठूलो सहरका अस्पतालले गाउँका बिरामीलाई लक्ष्य गरी छुट सुविधा दिँदा आधारभूत तहका सर्वसाधारणलाई राहत मिलेको छ । समाजले त्यहाँका अन्य अस्पतालमा पनि छुटका लागि पहल गर्ने जनाएको छ । “यो त सुरुआत मात्र हो, छुटको दर बढाउन हाम्रो निरन्तर प्रयास रहन्छ”, अध्यक्ष थापाले भन्नुभयो ।

Related News

सम्बन्धित समाचार

    • पोखरा बहुमुखीको वार्षिकोत्सव

      आदर्श समाज सम्वाददाता मंसिर १३, २०७८
      पोखरा । पोखराको नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसले ३५ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेको छ । कार्यक्रम अन्तर्गत आइतबार भएको…
    • माघ १३ देखि लेखनाथ महोत्सव हुने

      आदर्श समाज सम्वाददाता मंसिर १३, २०७८
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा विगत १८ वर्षदेखि कास्कीको लेखनाथमा हुँदै आएको लेखनाथ महोत्सवको १७ औं संस्करण आगामी…
    • जेसिजको प्रशिक्षक प्रशिक्षण सुरु

      आदर्श समाज सम्वाददाता मंसिर १२, २०७८
      लमजुङ । जेसिजको तीनदिने राष्ट्रिय प्रशिक्षक प्रशिक्षण यहाँ सुरु भएको छ । प्रशिक्षणमा मुलुकका विभिन्न जिल्लाबाट ५१ जना सहभागी भएका…
    • गोपाल सेवा केन्द्रको सभा

      आदर्श समाज सम्वाददाता मंसिर १२, २०७८
      पोखरा । गोपाल सेवा केन्द्र जगतगुरु आश्रम पोखरा १८ लक्ष्मीधाराको सातौ वार्षिक साधारण सभा शनिबार भएको छ । सभाको जलस्रोत…
    • गीता शान्तिमार्ग महिला समूहमा शान्ति

      आदर्श समाज सम्वाददाता मंसिर १२, २०७८
      पोखरा । पोखरा १०, रामघाटस्थित गीताशान्ति मार्ग महिला समूहको १० आंै साधारण सभा तथा पाँचौं अधिवेशनबाट शान्ति सुवेदी अध्यक्षमा चयन…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग