नेकपा एमाले पोखरा २६ मा तिमिल्सिना

आदर्श समाज सम्वाददाता
कार्तिक ९, २०७८
UML Pokhara 26

लेखनाथ । नेकपा एमाले पोखरा महानगरपालिका वडा नं २६ को अध्यक्षमा रामचन्द्र तिमिल्सिना चयन भएका छन् । वडा कमिटीको सोमबार सम्पन्न अधिवेशनले तिमिल्सिनालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
शनिबार स्थगित भएको अधिवेशनलाई पुन सोमबार सञ्चालन गरी ५१ सदस्ययीय नयाँ कमिटी चयन गरेको हो । उपाध्यक्ष मीना श्रेष्ठ, सचिव सूर्यप्रकाश ढुंगाना, उपसचिव प्रवीण रानाभाट र शर्मिला सुनारलाई चयन गरेको छ ।
यस्तै भेलाले आर्थिक विभाग प्रमुखमा ध्रुव थापालाई चयन गरेको छ । भेलाले पार्टीको निर्देशन अनुरुप १२ जनालाई महानगर प्रतिनिधिसमेत छनोट गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width