सिजीको दसैं र तिहार योजना

आदर्श समाज सम्वाददाता
कार्तिक ९, २०७८
cg~

पोखरा । सिजीले दसैं र तिहार लक्षित गर्दै ‘यो उत्सबमा घरलाई बनाऔं सिजी स्मार्ट होम’ नामक योजना हालै बजारमा ल्याएको छ ।
सो योजनाअन्तर्गत सिजी ब्रान्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा उपहार प्राप्त गर्न सकिने जनाइएको छ । ५५ हजार रुपैयाँसम्मको महाबचत समेत गर्न सकिने यस योजनामा प्रत्येक १५÷१५ दिनमा लक्की ड्रमार्फत सिजीको आकर्षक डबल डोर रेफ्रिजेरेटर ५ जनालाई र बम्परमा ३ जोडीलाई २ रात, ३ दिनको मेघौली सेराईको प्याकेज समेत जित्न सकिने व्यवस्था रहेको छ ।
साथै सिजीका कुनै पनि एलइडी टिभी, रेफ्रिजेरेटर, चेस्ट फ्रिजर, सोकेस, कुलर र भ्याकुम खरिदमा आकर्षक क्यास ब्याकका साथै विभिन्न सामानमा विभिन्न किसिमका वारेन्टीसमेत प्रदान गर्ने गरिने जनाइएको छ । त्यस्तै, सिजीको माइक्रोवेभ ओभनको खरिदमा २ हजार ८ सय रुपैयाँ बराबरको कुकिङ किट तथा क्यास ब्याक, एसीको खरिदमा ४ हजार बराबरको निशुल्क जडान तथा क्यास ब्याक र सिजी डिसवासरको खरिदमा २ पाकेट डिसवासर ट्याब्लेट तथा क्यास ब्याक प्राप्त गर्न सकिने सुविधा छ ।
सिजीका सामान खरिद गरेपश्चात ग्राहकले आफूलाई लक्की ड्र तथा बम्परमा सहभागी गराउन सिजीऐसऐच टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको बिल नं. लेखेर ३१००१ मा पठाउनु पर्नेछ । सिजी नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्रान्ड भएको दाबी गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width