Worldlink ads

त्रिनेत्रेश्वर शिव मन्दिरमा सम्मान

आदर्श समाज सम्वाददाता
कार्तिक ९, २०७८
Trinetreshwor Mandir Newss

लेखनाथ । त्रिनेत्रेश्वर शिव मन्दिर पोखरा ३० शिशुवाले मन्दिरका विभिन्न गतिविधिहरुमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै शिशुवा सत्संग भजन भण्डलीलाई सम्मान गरेको छ ।
मन्दिरको पूजा सेवा समितिले सोमबार मन्दिर प्रांगणमा एक कार्यक्रमको आयोजना गरी मण्डलीका संयोजक शालिग्राम गौतमसहित सम्पूर्ण सदस्यहरुलाई खादा र अविर लगाएर सम्मान गरेको हो ।
सम्मानीत हुनेहरुमा भजन मण्डलीका बोधराज गौतम, कृष्णप्रसाद सुवेदी, बुद्धिसागर पौडेल, थमन थापा, चन्द्रप्रसाद तिवारी, बाबुराम ढकाल, गुरुप्रसाद गौतम, पदमलाल ताम्राकार, वीरेन्द्र पौडेल, दीपक बराल, टंक लामिछाने, शिवप्रसाद न्यौपाने, कृष्णप्रसाद लामिछाने, देवुप्रसाद भट्टराई, सरज्यू अधिकारी, हरिप्रसाद तिमिल्सिना, सरोज रानाभाट र गुरुप्रसाद गौतम रहेका छन् ।
कार्यक्रममा मन्दिरको पूजा सेवा समितिका संयोजक कृष्णप्रसाद लामिछानेले दसैंको अवसरमा मन्दिर परिसरमा आयोजना गरिएको दुर्गा क्षमा पूजा अवधिभर भजन कीर्तनमा उत्साहजनक सक्रियताका साथ सहभागी हुने भजन भण्डली र स्थानीय सबैमा आभार व्यक्त गरेका थिए ।
समितिको तर्फबाट भजन भण्डलीका लागि आवश्यक बाजा गाजासहितका सामग्रीहरु खरिद गर्नका लागी नगद २० हजार रुपैयाँ सहयोगसमेत प्रदान गरिएको थियो । कार्यक्रममा पूजा सेवा समितिका सदस्य वामदेव शर्मा जमरकट्टेलले धन्यवाद ज्ञापन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • पोखरा बहुमुखीको वार्षिकोत्सव

      आदर्श समाज सम्वाददाता मंसिर १३, २०७८
      पोखरा । पोखराको नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसले ३५ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेको छ । कार्यक्रम अन्तर्गत आइतबार भएको…
    • माघ १३ देखि लेखनाथ महोत्सव हुने

      आदर्श समाज सम्वाददाता मंसिर १३, २०७८
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा विगत १८ वर्षदेखि कास्कीको लेखनाथमा हुँदै आएको लेखनाथ महोत्सवको १७ औं संस्करण आगामी…
    • जेसिजको प्रशिक्षक प्रशिक्षण सुरु

      आदर्श समाज सम्वाददाता मंसिर १२, २०७८
      लमजुङ । जेसिजको तीनदिने राष्ट्रिय प्रशिक्षक प्रशिक्षण यहाँ सुरु भएको छ । प्रशिक्षणमा मुलुकका विभिन्न जिल्लाबाट ५१ जना सहभागी भएका…
    • गोपाल सेवा केन्द्रको सभा

      आदर्श समाज सम्वाददाता मंसिर १२, २०७८
      पोखरा । गोपाल सेवा केन्द्र जगतगुरु आश्रम पोखरा १८ लक्ष्मीधाराको सातौ वार्षिक साधारण सभा शनिबार भएको छ । सभाको जलस्रोत…
    • गीता शान्तिमार्ग महिला समूहमा शान्ति

      आदर्श समाज सम्वाददाता मंसिर १२, २०७८
      पोखरा । पोखरा १०, रामघाटस्थित गीताशान्ति मार्ग महिला समूहको १० आंै साधारण सभा तथा पाँचौं अधिवेशनबाट शान्ति सुवेदी अध्यक्षमा चयन…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग