‘बस है पियारी’ रोजाइमा

आदर्श समाज सम्वाददाता
कार्तिक ८, २०७८
music~2

पोखरा । हालै युट्युवमार्फत सार्वजनिक ‘बस है पियारी’ दर्शक श्रोताले मन पराएका छन् । उत्कृष्ट सिर्जनासहित ग्रामीण परिवेशमा नेपाली युवाका साझा समस्या उजागर गरिएको यो गीत पहिलो पटक मोफसलमा नै तयार भएको हो ।
कुनै न कुनै रुपमा काठमाडौं केन्द्रिन्त बन्नुपर्ने कलाकारको बाध्यता ‘बस है पियारी’ गीत सार्वजनिक भएपछि मोफसलमा बसेर उत्कृष्ट गीत तयार हुने उदाहरण बनेको छ । गीतको श्रव्यदृश्य बनाउनेदेखि सम्पूर्ण तयारी पोखरा र आसपासमा सम्भव भएको सर्जक आकाश दाहाल बताउँछन् । वैदेशिक रोजगारीमा जानुपर्ने युवाका लागि बाध्यता बनेको कथा बोकेको यो गीतको छायांकन कास्कीको रमणीय अस्ताम आसपासमा गरिएको हो ।
दाहालको सिर्जनामा तयार भएको गीतमा गायक सन्तोष बस्यालले आवाज भरेका छन् । गीतका भिडियोमा सर्जक दाहाल र सोफी दाहालसँगै शिरीष सापकोटाको अभिनय छ । गीत जक्सन भिटी युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width