लाइफ केयरमा एन्टिबडी परीक्षण

आदर्श समाज सम्वाददाता
कार्तिक ८, २०७८
life care

पोखरा । लाइफ केयर डायग्नोष्टिक प्रालि (लाइफ केयर) ल्याब पोखराले कोभिड–१९ एन्टिबडी परीक्षण सेवा सुरु गरेको छ । अत्याधुनिक प्रविधिको प्रयोग गरी गण्डकी प्रदेशमै पहिलो पटक यो सेवा सुरु गरिएको ल्याबका प्रबन्ध निर्देशक शुक्रराज कँडेलले जानकारी दिए । उनका अनुसार एन्टिबडी परीक्षण गरी १ घन्टाभित्र सेवाग्राहीलाई रिपोर्ट उपलब्ध गराइने छ ।
पोखरा न्युरोडमा रहेको लाइफ केयर गण्डकी प्रदेशकै ‘क’ वर्गको एक मात्र प्रयोगशाला रहेको कँडेलको दाबी छ । डायग्नोष्टिकले निजीस्तरबाट कोभिड–१९ परीक्षण गर्न समेत नेपाल सरकारबाट स्वीकृत प्राप्त गरि सरल र सहज रुपमा सेवा प्रदान गरिरहेको छ । यहाँ कोभिड परीक्षण गरेको गरेको रिपोर्ट विदेश जानका लागि पनि मान्यता प्राप्त छ । विदेश जाने प्रयोजनका लागि कोभिड परीक्षण गर्न पासपोर्ट र फोटो लिएर आउनसमेत कँडेलले आग्रह गरे । ल्याबमा अत्याधुनिक प्रविधिको प्रयोगबाट रक्तपरीक्षणहरु भइरहेको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width