यौन दुराचार आरोपमा पक्राउ

आदर्श समाज सम्वाददाता
कार्तिक ८, २०७८
Rape Photo

पोखरा । कोरोना महामारी सुरु नहुँदै ४४ वर्षीय क्यानेडियन नागरिक रोवर्ट किन्कले पोखरा आए । सन् २०१८ मा पोखरा झरेका उनी लेकसाइड बसे । त्यसपछि लकडाउनको समयमा उनी भारत पुगे । सुरुमा भिजिट भिसामा नेपाल छिरेका उनले पटकपटक भिसा परिवर्तन गर्नसम्म भ्याए । पहिलो पटक ‘भिजिट भिसा’ मा आएका उनीसँग सन् २०२० मा दोस्रो पटक नेपाल छिर्दा भने ‘स्टुडेन्ड भिसा’ थियो ।
नेपाली भाषा सिक्ने बहानासहित स्टुडेन्ड भिसामा आएका किन्कलेको दिनचर्या बालकहरु ललाइफकाईमा बित्न थाल्यो । उनले कार्यक्षेत्र वा सिक्ने थलो लेकसाइडलाई बनाए । नेपाल बसेको केही दिनपछि नै लेकसाइडमा बसेर नेपाली भाषा सिक्ने भन्दै उनले यौन दुराचारको हर्कत सुरु गरिसकेका थिए । स्थानीय बालकलाई खानेकुरा र खेलौना किनिदिने, घुमाउन लैजाने गर्दै प्रलोभनमा पारे । विभिन्न लोभ देखाएर उनले बालकलाई आफ्नो कोठासम्म पुर्‍याउने गर्थे । उनको व्यवहारमा केही फरकपन देखिएपछि स्थानीयले प्रहरीसमक्ष खबर गरे ।
स्थानीयबाट यौन दुराचारको खबर प्राप्त गरेको दिनदेखि प्रहरीले फलो सुरु गर्‍यो । ५/६ महिनासम्मको फलोमा पक्राउ गर्ने योजना बनाए पनि प्रमाण अभावमा त्यसबेला सफल नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । ‘उनको कार्यमा हामीलाई शंका लागेर हामीले फलो गर्‍यौं,’ उनले भने, ‘२/४ पटक नजिकनजिक पुग्दा पनि यथेस्ट प्रमाण फेला पार्न सकेनौं ।’
लामो समयको अनुसन्धानपछि भने कास्की प्रहरीले किन्कलेलाई शनिबार रंगेहात पक्राउ गरेको छ । ३ जना बालकसँग यौनजन्य गतिविधि गरिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् । लेकसाइडको एक घरबाट उनलाई पक्राउ गरी बालकहरूको उद्धार गरिएको प्रवक्ता हमालले जानकारी दिए । ‘हामीले लामो समयदेखि निगरानीमा राखेका थियौं,’ प्रवक्ता हमालले भने, ‘हिजो भने पीडितहरु पनि कोठामै रहेको काम क्रिया सुरु गर्ने अवस्थामै नियन्त्रणमा लिएका छौं ।’
उनले बालिकाहरुलाई ललाइफकाइ, डरत्रास, धाकधम्की तथा बिभिन्न प्रलोभनमा पारी यौनजन्य गतिविधि गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता हमालले जानकारी दिए । किन्कलेले बालकलाई अप्राकृतिक मैथुन, आफ्ना यौनांग चलाउन लगाउने लगायत गलत हर्कत गरेको हमाल बताउँछन् । उनी नेपालसहित अन्य देश पनि घुम्दै हिंडेकाले उनको बारेमा अनुसन्धान अगाडि बढाइएको उनको भनाइ थियो । ‘किन्कले नेपालसहित केन्या भारत लगायत देशमा घुमेको देखिएको छ,’ उनले भने, ‘ती देशहरुमा पनि यस्ताखालको गतिविधि भएको छ/छैन भनेर इन्टपोलको हिसाबबाट पनि खोज्छौं ।’ उनको भिसा भने २०२२ सम्म वैधानिक नै रहेको जानकारी दिए ।
प्रहरीले किन्कलेको कोठाबाट ल्यापटप, मोबाइल, राहदानीलगायतका सामग्री बरामद गरेको छ । अप्राकृतिक मैथुन तथा बालबालिकाविरुद्धको कसूरमा जिल्ला अदालतबाट उनीविरुद्ध ७ दिन म्याद थप गरी थुनामा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width