लेखनाथ निर्माण व्यवसायी समितिमा प्रेम

आदर्श समाज सम्वाददाता
कार्तिक ७, २०७८
Nirman Bebasaye

लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको अध्यक्षमा प्रेमबहादुर थापा निर्वाचित भएका छन् । शनिवार सम्पन्न संस्थाको चौथो वार्षिक साधारण सभा एवं दोस्रो अधिवेशनले थापालाई अध्यक्षमा चयन गरेको हो ।
समिति वरिष्ठ उपाध्यक्षमा भीमबहादुर नेपाली (काइला), उपाध्यक्षमा भविन्द्र पुन, सचिवमा जीवन परियार, सहसचिव एकबहादुर नेपाली, कोषाध्यक्षमा रविलाल सुवेदीलाई चयन गरेको छ । सदस्यमा बुद्धिबहादुर बस्याल, दानबहादुर नेपाली, तिलकबहादुर नेपाली, मंगल कामी र साजन तामाङ रहेका छन् ।
कार्यक्रम उद्घाटन गर्दै पोखरा ३० का वडाध्यक्ष चेतबहादुर गुरुङले निर्माण व्यवसायीहरुले घर निर्माण गर्ने क्रममा सरकारी मापदण्ड ख्याल गर्न सकेमा निर्माण व्यवसायी एवं घरधनी समेतलाई झन्झट नहुने र सुरक्षालाई मध्यनजर गर्दै भूकम्प प्रतिरोधी संरचना बनाउनुपर्नेमा जोड दिए । उनले आउँदै गरेको दीपावली, छठ, नेपाल संवत् एवं ल्होसार पर्वको शुभकामना व्यक्त गर्दै चाडबाड तडकभडक रुपमा नभई संस्कृति र परम्परा जोगाउने हिसाबले मनाउनुपर्ने बताए ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष क्षत्रधर आत्रेयले निर्माण कार्यमा सरकारले तोकेका मापदण्ड विषयमा प्रश्न उठाउँदै कतिको उचित छन् भन्ने विषयमा सोच्न आवश्यक रहेको बताए । उनले पहिले कायम गरिएका मापदण्ड अचेल मिच्न थालिएको बताउँदै दीर्घकालीन रुपमा व्यवस्थित हुने गरी मापदण्डको नीति लागु गरिनुपर्ने बताए ।
यस्तै नागरिक परोपकार समन्वय संस्थाका अध्यक्ष राजेन्द्र ओझाले निर्माण व्यवसाय सबैभन्दा धेरै रोजगार सिर्जना गर्ने क्षेत्र भएको र यसले देशको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा संस्थामा पूर्व अध्यक्ष किसान गुरुङ, फर्निचर व्यवसायी समिति लेखनाथका यज्ञबहादुर गुरुङ लगायतले समितिमा आवद्ध व्यवसायीलाई आफ्नो व्यावसायिक हकहितका लागि एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । संस्थाका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य जीवनकुमार परियारले सञ्चालन र धन्यवाद ज्ञापन उपाध्यक्ष प्रेमबहादुर थापाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width