Worldlink ads

जनमतको सम्मान गर्ने पार्टी कांग्रेसमात्रै : मुख्यमन्त्री

श्रीभद्र पौडेल
कार्तिक ७, २०७८
cm~shree

हेमजा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेस जनमतको सम्मान गर्ने एकमात्र पार्टी भएको दाबी गरेका छन् । दसैंतिहार लगायतका चाडपर्वको अवसरमा कांग्रेस अन्नपूर्ण गाउँपालिका कमिटीले शनिबार नागडाँडामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सो कुरा बताएका हुन् ।
‘नेपाली जनताले कम्युनिष्ट पार्टीलाई ५ वर्षका लागि सरकारको नेतृत्व गर्ने अवसर दिएका हुन् तर उनीहरुले सहअस्तित्व स्वीकार नगर्दा समयले नेतृत्व गर्ने दायित्व कांग्रेसको काँधमा पु¥यायो । उनीहरुले जनमतको उपेक्षा गरे,’ मुख्यमन्त्री पोखरेलले भने । उनले एमालेको ललिपपमा नफस्न पनि जनतासमक्ष आग्रह गरे ।
‘गठबन्धन सरकारले नै यो देशलाई निकास दिन्छ, ओलीको उखान तुुक्कामा अड्किएर बस्न आवश्यक नै छैन,’ उनले भने, ‘प्रतिगमनलाई अदालतले पनि बुझ्यो । फलस्वरुप कांग्रेसले संघ तथा प्रदेश सरकारमा नेतृत्व गर्ने भयो ।’
उनले क्यान्सरपीडित महिलाको उपचार, द्वन्द्वपीडित बालबालिकालाई सहयोग, सडकमानव मुक्ति पार्न मानव सेवा आश्रमसँगको सहकार्य, जीवनरक्षा कोष, कोरोना खोपका लागि बजेट छुट्टाइनु जस्ता कार्य आफ्नो नेतृत्वको ४ महिने उपलव्धि भएको दाबी गरे ।
कांग्रेस महासमिति सदस्य खेमराज पौडेलले कांग्रेस जनताको भावना बुझ्ने एकमात्र सच्चा पार्टी भएको जनाउँदै नवप्रवेशीलाई पार्टीमा उचित भूमिका दिनुपर्ने बताए । जिल्ला उपसभापति आइबहादुर गुरुङले कांग्रेसलाई एकतावद्घ बनाएर अगाडि बढाएमात्रै आगामी तिनै तहको निर्वाचनमा कांग्रेसले जित्ने विश्वास व्यक्त गरे। क्षेत्रीय सभापति पोषनाथ शर्माले आगामी चुनाव जित्ने गरी तयारी गर्नुपर्ने बताए । कांग्रेस पुरानो र जनतालाई दुखसुखमा साथ दिने पार्टी भएकाले पनि बहुमत प्राप्त हुने उनको विश्वास छ ।
अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले कांग्रेसले जितेको गाउँपालिका भनेर विगतमा कम्युनिष्ट नेतृत्वको संघ तथा प्रदेश सरकारले दुख दिने गरेको स्मरण गरे ।
कार्यक्रममा पूर्व सांसद शारदा पौडेल, महाधिवेशन प्रतिनिधि रामचन्द्र त्रिपाठी, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचन, नेकपा (एकीकृत समाजवादी) अन्नपूर्ण अध्यक्ष भरत देवकोटा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रमबीच १ सय ५३ जना कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । उनीहरुलाई पालिका सभापति मनपति भण्डारीले अबिर, क्षेत्रीय सभापति पोषनाथ शर्माले माला तथा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सदस्यता वितरण गरे ।
पालिका सभापति भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपसभापति सुशील भट्टचनले स्वागत, अन्नपूर्ण १ सभापति बलबहादुर कुँवरले धन्यवाद ज्ञापन तथा सचिव विजय गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • कोरोनाले मुस्ताङ प्रवेशमा कडाइ

      आदर्श समाज सम्वाददाता मंसिर १५, २०७८
      पोखरा, १५ मंसिर । कोरोना भाइरसको नयाँ ‘भेरियन्ट ओमिक्रोन’ त्रासका कारण हिमालपारिको जिल्ला मुस्ताङ प्रवेशमा कडाइ थालिएको छ । कोरोना संक्रमणको…
    • पहिलोपटक गोला प्रक्रियाबाट पेसी, कसको इजलासमा कति मुद्दा ?

      आदर्श समाज सम्वाददाता मंसिर १५, २०७८
      काठमाडौं ।  नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ भएको छ । सर्वोच्च…
    • एमालेमा ओलीको दोस्रो इनिङ

      आदर्श समाज सम्वाददाता मंसिर १५, २०७८
      पोखरा । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ ।…
    • गण्डकी कांग्रेस : देउवाका जोशी, पौडेलका ५ भाइ

      आदर्श समाज सम्वाददाता मंसिर १५, २०७८
      पोखरा । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि संख्या हेर्दा गण्डकी प्रदेश केन्द्रमा वरिष्ठ नेता रामचन्द्र पौडेलको बहुमतमा…
    • औद्योगिक व्यवसाय नीति ल्याउँछौं : मुख्यमन्त्री पोखरेल

      आदर्श समाज सम्वाददाता मंसिर १४, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको उद्योग व्यवसायलाई व्यवस्थित गर्दै आर्थिक स्तरोन्नतिका लागि औद्योगिक व्यवसाय नीति ल्याउन…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग