नेहा बनिन् पावर लिफ्टिङ च्याम्पियन

धनबहादुर गुरुङ
कार्तिक ६, २०७८
Womens Power Lifting Photo

पोखरा । वोमेन्स पावर लिफ्टिङ च्याम्पियनसिपको उपाधि काठमाडौंकी नेहा बानुले जितेकी छिन् । गोर्खा क्लासिक नेपालले पोखरामा शनिबार आयोजना गरेको प्रतियोगितामा ४९ जनालाई पछि पार्दै बानु उत्कृष्ट भएकी हुन् ।
अक्स स्ट्रेन्थ जिम काठमाडौंकी बानुले ६० केजी तौल समूहको प्रतिस्पर्धामा ३४१ केजी उठाउँदै बानु च्याम्पियन बनेकी हुन् । उनले आफ्नो तौलको ५.७ गुण तौल उठाएकी थिइन् । च्याम्पियन बनेकी बानुले नगद ८० हजार, गोर्खा मेडल क्लासिक बेल्ट र सम्मानपत्र प्राप्त गरिन् । उनले स्क्वाडतर्फ १ सय २८ केजी, बेन्च प्रेसमा ७० केजी र डेडलिफ्टमा १ सय ४३ केजी भार उठाइन् । आफ्नो तौल समूह (६० वर्षमुनि) मा प्रथम हुँदै नगद २५ हजार पनि पाएकी थिइन् । समग्रमा उनले १ लाख ५ हजार प्राप्त गरिन्।

६० केजी मुनी तौल समूहमा अक्स स्ट्रेन्थ जिमकै पुनम तामाङ दोस्रो स्थानमा रहिन् । उनले ओभरअलमा ३ सय २३ केजी भार उठाउन सफल भइन् । पोखरा घर भएकी पुनमले द्वितीय हुँदै नगद १५ हजार प्राप्त गरिन् । सोही समूहमा पोखरा बब्स जिमकी ज्योति थापा तृतीय हुँदै नगद १० हजार प्राप्त गरिन् । उनले ३ सय १८ केजी भार उठाएकी थिइन् ।

६० केजी माथि तौल समूहको प्रतिस्पर्धामा रत्नश्री जिम पोखराकी शर्मिला शाह ३ सय ६५ केजी तौल उठाए पनि ओभरअलमा दोस्रो स्थानमा रहिन् । यद्यपि उनले आफ्नो तौल समूहमा स्वर्ण पदक जित्दै २५ हजार प्राप्त गरिन् । निर्णायक दिनेश राजभण्डारीका अनुसार शाहले आफ्नो तौलको ४.५ गुणा भार उठाएकी हुन् । सोही समूहमा अक्स स्टेन्थ जिम काठमाडौंकी सीमा गुरुङ दोस्रो भइन् । पोखरा घर भएकी गुरुङले ३ सय ६१ केजी तौल भारको सामना गरेकी थिइन् । उनले नगद १५ हजार प्राप्त गरिन् । त्यसैगरी निबोध एरोविक्स बुटवलकी कोमल थापा तेस्रो स्थानमा रहँदै नगद १० हजार प्राप्त गरिन् । उनले समग्रमा ३ सय ८ केजी भार उठाएकी थिइन् ।

विजेता खेलाडीलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले नगदसहित ट्रफी प्रदान गरेका थिए । मन्त्री गुरुङले स्क्वाड गर्दै प्रतियोगिता उद्घाटन गरेका थिए । प्रतियोगितालाई मन्त्री गुरुङले नगद २५ हजार रुपैयाँ आर्थिक सहयोग समेत उद्घाटन समारोहमा प्रदान गरेका थिए । प्रतियोगिताको लागि निर्णायक भने काठमाडौंबाट आइपुगेका थिए । मुख्य निर्णायकमा ज्ञानेन्द्र नकर्मी थिए । प्रतियोगितामा आइडिया फोर वर्ड युके नामक कम्पनीले शीर्ष विधागत पुरस्कार नगद ८० हजार, युके नेपाल इन्टरनेसलल फेडरेसन बडिबिल्डिङ लिग युके, गोर्खा वाच युके, तोल्का भिलेज रिसोर्ट, दि कल्चर रिर्सोट खहरे, मेरी कफी, ढोरबाराही ज्वेलर्स लगायत संघसंस्था एवं कम्पनीले प्रायोजन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width