हङकङमा ६१ वर्ष पुरानो मन्दिर जीर्णोद्धार

आदर्श समाज सम्वाददाता
कार्तिक ६, २०७८
Hongkong Tample 1

पोखरा । हङकङको फानलिग स्थित क्वीन्स हिल क्याम्प बर्मा लाइनमा रहेको शिव पार्वती मन्दिरको जीर्णोद्धार सुरु भएको छ । करिव ६१ वर्ष पुरानो मन्दिरको मर्मतको काम तमु समाज हङकङको अगुवाईमा हुन लागेको हो ।
गत ५ सेप्टेम्बरमा दिन तमु समाज हङकङले छैटो वार्षिकोत्सव सोही मन्दिर प्रांगणमा मनाएको थियो । त्यहाँ सयौंको उपस्थिति देखेर जिल्ला काउन्सिलले दुई कामदार लगाएर मन्दिरको लोटस हल जीर्णोद्धार सुरु गरिएको हो । ब्रिटिस सैनिकहरु हङकङमा भएको बेला गोर्खाली सैनिकहरुले मन्दिरको स्थापना गरेको तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ (स्याङ्जाली कान्छा) ले जानकारी दिए । जहाँ शिव पार्वतीको मूर्तिलगायत धेरै देबिदेवताका फोटोहरु यथावत छन् । त्यस क्षेत्रमा ९० गोर्खाली सैनिक रहेका क्वाटर पनि जस्ताको तस्तै छन । सहरका मात्र नभई गाउँका रहेका महत्वका धरोहरको प्रयोग मात्र नभई संरक्षणका लागि सरकारलाई झकझक्याउनु आफूहरुको दायित्व रहेको अध्यक्ष गुरुङले बताए ।
मन्दिर संरक्षणका लागी तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ (स्याङ्जाली कान्छा) र समाजसेवी, व्यवसायी बिमल ज्ञवालीको पहलमा यो कार्य अघि बढेको हो । अध्यक्ष गुरुङको पहलमा मेडिटेसन स्थल निर्माण गर्न लागिएको छ । गुरुङ नेपाल आउँदा पनि धेरै सामाजिक सेवामा अग्रसर हुन्छन् । सामाजिक कार्य गरेपनि खासै चर्चामा आउन नचाहने स्वाभावका उनको समूहले मन्दिर परिसरमा मेडिटेसन हल बनाउन लागेको हो । जिल्ला परिषदले वरिपरिको ठूलो रुख काटेर खुला बनाई दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width