देउराली आमा नामले परिचित समाजसेवी गौरीमायाको निधन

आदर्श समाज सम्वाददाता
कार्तिक ४, २०७८
gaumaya ghimire~

पोखरा ।
रूपा गाउँपालिका देउरालीस्थित समाजसेवी गौरीमाया घिमिरेको निधन भएको छ । ‘देउराली आमा’ का नामले परिचित गौरीमायाको गत सोमबार ६४ वर्षको उमेरमा निधन भएको हो । उनी केही समयदेखि दमबाट पीडित थिइन् ।

कास्कीको मर्ज्या‍ङकोट बसौला परिवार उनको जन्म भएको थियो । उनी अमरबहादुर घिमिरेसँग २०३१ सालमा वैवाहिक जीवनमा बाँधिएकी थिइन । रूपा गाउँपालिका देउराली स्वास्थ्य चौकीमा ३ दशक स्वास्थ्यकर्मीका रूपमा काम गरेकी घिमिरेले हातेमालो आमा समूह, खानेपानी, वन, सडक उपभोक्ता समितिमा रहेर सामाजिक सेवा गरेकी थिइन् ।

उनका १ छोरा रमेश घिमिरे, बुहारी प्रतीक्षा कार्की, छोरी सरु घिमिरे, कमला घिमिरे, श्रीमान् अमरबहादुर घिमिरे, २ नाति र २ नातिनी छन् । मणिपाल शिक्षण अस्पतालमा आयोजित श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस कास्कीका पूर्व सभापति तथा पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले पार्टीको झन्डा ओढाएर श्रद्धान्जली दिएका थिए ।

पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष प्रकाशमोहन खनालले नेपाली कांग्रेस पार्टीलाई माया गर्ने र गुन लगाउने आमा गुमाएकोमा समवेदना व्यक्त गरेका गरे । रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा श्रद्धाञ्जली सभामा सरिक थिए । नेपाली काँग्रेसका पूर्व महामन्त्री, पूर्व सभामुख, पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तारानाथ रानाभाटले सतिघाट पुगेर गौरीमायालाई श्रद्धाञ्जली दिँदै ‘दुःखका दिनमा पार्टी र कार्यकर्तालाई निस्वार्थ सहयोग गर्ने’ क्रियाशील सदस्यलाई नेपाली काँग्रेसले स्मरण गरिरहने बताए । उनको क्रियामा छोरी कमला समते बसेकी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width