राष्ट्रिय बहुउद्देश्यीय सहकारीमा सीता दाहाल

आदर्श समाज सम्वाददाता
कार्तिक ४, २०७८
rastriya sahakari~2

पोखरा । राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था लि., पोखरा–१०, रामबजारको १९ औं वार्षिक साधारण सभाबाट सीता दाहालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरिएको छ ।

संस्थाको उपाध्यक्षमा बलबहादुर तिलिजा पुन, सचिव डम्बरबहादुर बानियाँ, कोषाध्यक्ष रुपादेवी गुरुङ, सञ्चालकमा रवीन्द्र गर्वुजा पुन, टेकबहादुर पुन र मधुमाया पुन छन् । लेखा सुपरीवेक्षण समिति संयोजकमा नरबहादुर पुन, सदस्यमा यामबहादुर पुर्जा र रुपबहादुर खोरजा चयन भए ।

संस्थाको गत कात्तिक १ देखि ४ गतेसम्म संस्थाको साधारणसभा भएको हो । साधारणसभामा पूर्व मन्त्री समेत रहेका संस्थाका संरक्षक उत्तमबहादुर पुन, संस्थाका निवर्तमान अध्यक्ष रवीन्द्र गर्वुजा पुन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै, संस्थाको वार्षिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक नरबहादुर पुनले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कार्य दिशा सकारात्मक रहेको बताए । लेखापरीक्षक भोजराज ढुंगानाले संस्थाको आर्थिक गतिविधि सुधारोन्मुख रहेको बताए ।

संस्थाको अध्यक्षमा निर्विरोध चयन सीता दाहालले संस्थाको उन्नति र प्रगतिको कामना गर्दै शेयर सदस्यको हितको लागि समर्पित भई काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रम सञ्चालन संस्थामा सल्लाहकार पूर्णप्रसाद शर्माले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width