‘गण्डकी प्रभा’ लोकार्पण

आदर्श समाज सम्वाददाता
कार्तिक ४, २०७८
gandaki prabha~2

हेमजा । मुकुन्दशरण वाङ्मय परिषद् नेपालद्वारा प्रकाशित ‘गण्डकी प्रभा’ पत्रिका हालै लोकार्पण गरिएको छ ।

पत्रिका लोकार्पण गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘विखर्ची’ ले परिषद्ले उल्लेखनीय कार्य गरेको चर्चा गरे । उनले भाषाविद् मुकुन्दशरण उपाध्यायका विचार मननीय रहेको तर्क गर्दै नेपाली भाषाको उन्नयनमा पत्रिकाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरे ।

परिषद्का संस्थापक अध्यक्ष तथा सल्लाहकार जनार्दनशरण त्रिपाठीले परिषद्ले पत्रिका प्रकाशन गरी नेपाली भाषाको उत्थानका लागि विशेष योगदान पु¥याएको भनाइ राखे ।

त्यस अवसरमा परिषद्का निवर्तमान अध्यक्ष तथा सल्लाहकार डा. नारायणप्रसाद अधिकारी, समाजसेवी अधिवक्ता रामचन्द्र त्रिपाठी, परिषद्का अध्यक्ष कृष्णप्रसाद पौडेल, प्रथम उपाध्यक्ष टेकनाथ पीडित, सचिव देवु गौतम पौडेल लगायतले पनि बोलेका थिए ।

समीक्षक तथा परिषद्का संस्थापक महासचिव छन्दमणि त्रिपाठीले पत्रिकामा समाविष्ट भाषा र व्याकरणसम्बन्धी लेख उपयोगी रहेको जनाउँदै पत्रिका मार्मिक तथा स्तरीय रहेको दाबी गरे । कार्यक्रमबीच छन्दिका त्रिपाठी र गंगा त्रिपाठीले रचना वाचन गरेका थिए । सो पत्रिकामा नेपाली भाषासँग सम्बन्धी १७ लेखरचना र २५ वटा समीक्षा तथा साहित्यिक रचना समेटिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width