घाचोकमा विपी स्मृति भवन शिलान्यास

आदर्श समाज सम्वाददाता
कार्तिक ४, २०७८
BP~

हेमजा । माछापुच्छ्रे गाउँपालिका–३, घाचोकमा हालै विपी स्मृति भवन शिलान्यास गरिएको छ । भवनको शिलान्यास गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले विपीले अंगीकार गरेको सिद्घान्तलाई आम जनसमूदाय समक्ष पु¥याउनुपर्नेमा जोड दिए । उनले जग्गादातालाई धन्यवाद दिदै आगामि वर्ष भवन उद्घाटन हुने विश्वास समेत जनाए ।

भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले भवन निर्माणमा प्रदेश सरकारबाट १० लाख सहयोग गर्ने प्रतिबद्घता व्यक्त गरे । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले नेपाली कांग्रेस नै यो देशमा प्रजातान्त्रिक तबरबाट जनताको अधिकार रक्षा गर्दै नेपाललाई समुन्नत बनाउने पार्टी रहेको दावी गरे ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्षकी प्रत्यासी कांग्रेस नेतृ टेकनशोभा गुरुङ र सदस्य भीम चौलाकोटीले पनि भनाइ राखेका थिए । उक्त अवसरमा विभिन्न पार्टी त्यागेर कांग्रेस प्रवेश गर्नेहरुलाई मुख्यमन्त्री र मन्त्रीहरुले फूल मालाले स्वागत गरेका थिए । नवनिर्वाचित गाउँपालिका समितिलाई बधाई साथै चाडपर्वको शुभकामना आदानप्रदान समेत भएको थियो ।

सणे भवन निर्माणका लागि वडा कार्यसमिति सभापति कृष्णकुमार श्रेष्ठले करिब ५ आना जग्गा दान गरेका हुन् । वडा सभापति श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति दुर्गादत्त लम्सालले स्वागत तथा सचिव घनश्याम लम्सालले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width